News Category 2081/12/10
मारवाडी समुदायले मनाउँदै गणगोर महोत्सव
दैनिक समाचारदाता
राजविराज, १० चैत ।
मारवाडी समुदायले मनाउँदै आएको गणगोर पर्व महोत्सवका रुपमा धुमधामका साथ मनाइदै छ । अग्रवाल परिवार राजविराज तथा मारवाडी महिलाहरुको संयुक्त आयोजनामा महोत्सव अन्तरगत विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।
मारवाडी समुदायका महिला, बालबालिका र युवतीको उल्लेख्य सहभागितामा स्थानीय साह धर्मशालामा गण अर्थात भगवान शिव र गौर अर्थात देवी पार्वतीको चित्र र मुर्ती राखेर पुजापाठ र नाचगान कार्यक्रम गरिएको छ ।
विशेष गरि महोत्सव अन्तरगत विगत दश दिनदेखी जारि कार्यक्रममा मारवाडी समुदायका विवाहित र अविवाहित महिलाहरुको उत्साहजनक सहभागिता रहने गरेको छ ।
सो अवसरमा सप्तरी उद्योग बाणिज्य संघका अध्यक्ष लालुप्रसाद अग्रवाल, अग्रवाल समाजका अध्यक्ष घनश्याम अग्रवाल बजाज, समाजका निवर्तमान अध्यक्ष मनोज अग्रवाल, नेपाल पत्रकार महासंघका केन्द्रिय परिषद् सदस्य मनोज कुमार माझी, समाजसेवी अजय रुंगटा, मिना अग्रवाल, मिनाक्षि अग्रवाल, शुसिला अग्रवाल लगायतले शुभकामना दिएका थिए । महोत्सव चैत १७ गतेसम्म चल्ने आयोजक अग्रवाल समाजले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ