News Category 2081/12/10
मारवाडी समुदायले मनाउँदै गणगोर महोत्सव
दैनिक समाचारदाता
राजविराज, १० चैत ।
मारवाडी समुदायले मनाउँदै आएको गणगोर पर्व महोत्सवका रुपमा धुमधामका साथ मनाइदै छ । अग्रवाल परिवार राजविराज तथा मारवाडी महिलाहरुको संयुक्त आयोजनामा महोत्सव अन्तरगत विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।
मारवाडी समुदायका महिला, बालबालिका र युवतीको उल्लेख्य सहभागितामा स्थानीय साह धर्मशालामा गण अर्थात भगवान शिव र गौर अर्थात देवी पार्वतीको चित्र र मुर्ती राखेर पुजापाठ र नाचगान कार्यक्रम गरिएको छ ।
विशेष गरि महोत्सव अन्तरगत विगत दश दिनदेखी जारि कार्यक्रममा मारवाडी समुदायका विवाहित र अविवाहित महिलाहरुको उत्साहजनक सहभागिता रहने गरेको छ ।
सो अवसरमा सप्तरी उद्योग बाणिज्य संघका अध्यक्ष लालुप्रसाद अग्रवाल, अग्रवाल समाजका अध्यक्ष घनश्याम अग्रवाल बजाज, समाजका निवर्तमान अध्यक्ष मनोज अग्रवाल, नेपाल पत्रकार महासंघका केन्द्रिय परिषद् सदस्य मनोज कुमार माझी, समाजसेवी अजय रुंगटा, मिना अग्रवाल, मिनाक्षि अग्रवाल, शुसिला अग्रवाल लगायतले शुभकामना दिएका थिए । महोत्सव चैत १७ गतेसम्म चल्ने आयोजक अग्रवाल समाजले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ