News Category 2081/12/10
हस्तलेखन कलाले जगाएको उत्साह
दैनिक समाचारदाता
राजविराज, १० चैत ।
सप्तरीको राजविराज नगरपालिका ८ निवासी आर्यन दास महोत्तरीको बर्दिवासमा हालै सम्पन्न मधेश प्रदेश स्तरिय हस्त लेखन प्रतियोगिता २०८१ मा उपबिजेता भएपछि निकै उत्साहित छन् ।
स्थानीय प्रिमियर सेकेन्ड्री स्कुलमा ९ कक्षामा अध्ययनरत १४ वर्षिय दास अर्को वर्ष पहिलो स्थान ल्याउने गरी अहिलेदेखी नै तयारी सुरु गरेको बताउँदै आफ्नो उत्साह व्यक्त गरेका छन् ।
उत्कृष्ट हस्त लेखनका कारण पुरस्कृत भएका दासलाई विद्यालयका शिक्षकदेखी सहपाठी र छिमेकीहरु पनि बधाई दिन घर पुग्न थालेपछि बुबा सरोज दास र आमा भारती पनि दंग छन् ।
दास अध्ययनरत विद्यालयले पनि उनलाई सम्मान गरेको छ । प्रिन्सिपल राजेश कर्णले भने, “आफ्नो जिल्लाको मात्र नभई विद्यालयको नाम समेत उच्च पारेकाले उनको प्रतिभाको कदर गर्दै सम्मान गरेका हौं ।”
दासले कदरपत्र, ट्रफीसँगै ५ हजार रुँपैया नगद पुरस्कार प्राप्त गरेका छन् । उनलाई कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेशका शिक्षा मन्त्री रानी शर्मा तिवारीले पुरस्कारसहित सम्मान गरेका थिए ।
पढाईमा अब्बल रहेका दास हस्त लेखनमा समेत अब्बल बनेपछि विद्यालय परिवार पनि उत्साहित बनेको प्रिन्सिपल कर्णले सुनाए । उक्त प्रतियोगितामा १० कक्षामा अध्ययनरत बाराकी पायल रौनियार प्रथम तथा दाससहित रौतहटकी ९ कक्षामा अध्ययनरत एमसुल खनाल संयुक्त रुपमा उपबिजेता भएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ