News Category 2081/12/11
“रमजान दान अभियान” सुरु
दैनिक समाचारदाता
राजविराज, ११ चैत ।
मुस्लिम धर्मावलम्बीको महान पर्व रमजान मनाउन विपन्न समुदायलाई लक्षित गरी सप्तरीमा एक मुस्लिम संस्थाले “रमजान दान अभियान” सुरु गरेको छ ।
मुस्लिम समाज सेवा नेपालले जिल्लाको खडक नगरपालिका ८ विसनपुरमा एकल महिला, असहाय, असक्त तथा अति विपन्न ३५ मुस्लिम परिवारलाई विभिन्न प्रकारका खाद्यान्न सामाग्रि बितरण गरेको छ ।
अभियानको पहिलो दिन विपन्न वर्गका ३० महिला र ५ पुरुषलाई रमजान मनाउन खाद्यान्न बितरण गरिएको अध्यक्ष अनवर अलीले जानकारी दिए । प्रतिपरिवारलाई एक महिना पुग्ने गरी चामल, दाल, चना, सोयाबिन, खाने तेल, चिनी, सेवई, च्यूरा, मुरही, नुन लगायतको सामाग्रि बितरण गरिएको छ ।
करिब एक महिना सम्म चल्ने रमजान पर्व मनाउन मुस्लिम समुदायका विपन्न परिवारलाई कठिनाई भइरहेको अवस्थालाई मध्यनजर गर्दै यस्तो अभियान चलाइएको अध्यक्ष अलीले भनाई छ ।
विदेशमा रहेका नेपाली दाजुभाईको सहयोग तथा आफ्नो निजि खर्च समेत लगानी गरेर रमजानमा खाद्यान्न दान अभियान चलाइएको र यो अभियान जिल्लाका अन्य विपन्न बस्तीमा पनि क्रमिक रुपमा पुग्ने उनको विश्वास छ ।
रमजानको समयमा खाद्यान्न अभावका कारण कुनै पनि मुस्लिम परिवारलाई समस्या नहोस् भन्ने उद्देश्यले यो अभियान चलाइएको अध्यक्ष अलीको भनाई छ ।
सो अवसरमा अभियानका सहयोगि मो. लुकमान, तबरेज आलम, संजय साह, अफरोज आलम लगायतलाई आयोजक संस्थाको तर्फबाट नेपाली टोपी र खादा लगाएर सम्मान गरिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ