News Category 2081/12/11
एमाले ग¥यो खबरदारी सभा
दैनिक समाचारदाता
राजविराज, ११ चैत ।
नेकपा एमाले सप्तरीले सोमबार राजविराजमा जनजागरण अभियान प्रदर्शन र सभामार्फत राजावादीहरुलाई खबरदारी गरेको छ ।
राजावदीको गतिविधि बढ्दै गएको बेला एमालेले सप्तरीको १८ वटै पालिकाका प्रमुख बजारमा जनप्रदर्शन र सभा गरेको जनाएको छ ।
प्रतिगामीहरु होसियार, संघीय लोकतन्त्र र गणतन्त्र जिन्दावाद, विर शहिद अमर रहुन् लगायतका नाराबाजी गर्दै जनप्रदर्शन गरिएको छ ।
नगरपरिक्रमा पश्चात् स्थानीय जनआन्दोलन चौकमा आयोजित कोणसभामा जिल्ला इन्चार्ज एवं नेकपा एमालेका पोलिटब्यूरो सदस्य सुमनराज प्याकुरेल, प्रदेश कमिटि सदस्य रत्ना तामाङ, जिल्ला सचिव देवनाथ यादव, नगरअध्यक्ष रन्जन झा, अनेरास्ववियु केन्द्रीय कमिटि सदस्य ललितनारायण रजक, राष्ट्रिय यूवा संघ नेपालका जिल्ला इन्चार्ज चितरन्जन यादव, क्षेत्र नं. २ ख का इन्चार्ज बिनोद यादव लगायतले बोल्दै राजसंस्था कुनै पनि हालतमा नफर्किने दाबीका साथ त्यस्तो सपना नदेख्न राजावादीहरुलाई सचेत गराएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ