News Category 2081/12/12
सुरुङ्गा नगरपालिका वडा नं. ८ बालमैत्री स्थानीय शासन वडा घोषणा
दैनिक समाचारदाता
राजविराज, १२ चैत ।
“बालमैत्री स्थानीय शासन पद्धति र व्यवहार ः समृद्ध सुरुङ्गाको आधार” नारासहित सुरुङ्गा नगरपालिका वडा नं. ८ लाई बालमैत्री स्थानीय शासन वडा घोषणा गरिएको छ ।
बालबालिकाको शिक्षा, स्वास्थ्य, सुरक्षा, पोषण, सहभागिता, संरक्षण, मनोरञ्जन तथा समग्र विकासलाई सुनिश्चित गर्ने उद्देश्यका साथ वडा कार्यालय मलहनमामा आयोजित एक समारोहका बिच औपचारिक रूपमा यो घोषणा गरिएको हो ।
सुरुङ्गा नगरपालिका र वडा नं. ८ कार्यालय, मल्हनमाको विशेष सहयोगमा सेभ द चिल्ड्रेन र सबल नेपालको समुन्नति परियोजनाले बालअधिकारका क्षेत्रमा क्रियाशील संस्थाहरूको सहकार्य र समन्वयमा घोषणा गरिएको जनाइएको छ ।
सुरुङ्गा नगरपालिकाकी प्रमुख गीता चौधरी, वडा नं. ८ का सचिव सन्तोष कुमार चौधरी, उपप्रमुख रुद्र बहादुर कार्की, प्रमुख प्रशासकीय अधिकृत सुनिल कुमार पासमान, वडा न. ४ वडाअध्यक्ष देवेन्द्र चौधरी, सवल नेपालका फिल्ड म्यानेजर रोशन कुमार मण्डल, सेभ द चिल्ड्रेनका वरिष्ठ परियोजना संयोजक मकर बहादुर सार्की, विद्यालयका प्रधानाध्यापक राम कुमार महरा, वडा बाल संजालको अध्यक्ष रोहित कुमार राम, वडा न. ५ का वडा अध्यक्ष दिलराम चौधरी वडा न. ११ का वडा अध्यक्ष राम कुमार चौधरी, बालमैत्री स्थानीय शासनको गाउँ कमिटि संयोजक शुभ नारायण चौधरी लगायतको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ