News Category 2081/12/12
सुरुङ्गा नगरपालिका वडा नं. ८ बालमैत्री स्थानीय शासन वडा घोषणा
दैनिक समाचारदाता
राजविराज, १२ चैत ।
“बालमैत्री स्थानीय शासन पद्धति र व्यवहार ः समृद्ध सुरुङ्गाको आधार” नारासहित सुरुङ्गा नगरपालिका वडा नं. ८ लाई बालमैत्री स्थानीय शासन वडा घोषणा गरिएको छ ।
बालबालिकाको शिक्षा, स्वास्थ्य, सुरक्षा, पोषण, सहभागिता, संरक्षण, मनोरञ्जन तथा समग्र विकासलाई सुनिश्चित गर्ने उद्देश्यका साथ वडा कार्यालय मलहनमामा आयोजित एक समारोहका बिच औपचारिक रूपमा यो घोषणा गरिएको हो ।
सुरुङ्गा नगरपालिका र वडा नं. ८ कार्यालय, मल्हनमाको विशेष सहयोगमा सेभ द चिल्ड्रेन र सबल नेपालको समुन्नति परियोजनाले बालअधिकारका क्षेत्रमा क्रियाशील संस्थाहरूको सहकार्य र समन्वयमा घोषणा गरिएको जनाइएको छ ।
सुरुङ्गा नगरपालिकाकी प्रमुख गीता चौधरी, वडा नं. ८ का सचिव सन्तोष कुमार चौधरी, उपप्रमुख रुद्र बहादुर कार्की, प्रमुख प्रशासकीय अधिकृत सुनिल कुमार पासमान, वडा न. ४ वडाअध्यक्ष देवेन्द्र चौधरी, सवल नेपालका फिल्ड म्यानेजर रोशन कुमार मण्डल, सेभ द चिल्ड्रेनका वरिष्ठ परियोजना संयोजक मकर बहादुर सार्की, विद्यालयका प्रधानाध्यापक राम कुमार महरा, वडा बाल संजालको अध्यक्ष रोहित कुमार राम, वडा न. ५ का वडा अध्यक्ष दिलराम चौधरी वडा न. ११ का वडा अध्यक्ष राम कुमार चौधरी, बालमैत्री स्थानीय शासनको गाउँ कमिटि संयोजक शुभ नारायण चौधरी लगायतको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ