News Category 2081/12/12
कारागारमा बन्दी जिवन विताईरहेका एक कैदीको मृत्यु

दैनिक समाचारदाता
राजविराज, १२ चैत ।
राजविराज कारागारमा विगत ५ महिनादेखि बन्दी जिवन विताई रहेका एक कैदीको मंगलबार बिहान मृत्यु भएको छ ।
राजविराज नगरपालिका १ चनौरा पडरिया निवासी ५३ बर्षीय तजमुल मियाँको मंगलबार उपचारको क्रममा मृत्यु भएको हो ।
कर्तव्य ज्यान तथा ज्यान मार्ने उद्योगको आरोपमा उनी सप्तरी जिल्ला अदालतमा आफै उपस्थित भएपछि २०८१ कार्तिक ११ गते पुर्पक्षका लागि कारागार चलान भएका थिए ।
कारागारका जेलर प्रवीण कुमार अधिकारीका अनुसार सोमबार राति १० बजेतिर अचानक विरामी परेका उनलाई स्थानिय गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना गराईएको थियो । तर, स्वास्थ्य अवस्थामा सुधार नदेखिएपछि रेफर गरिएका उनको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलबार बिहान ८ बजेतिर उपचारकै क्रममा उनको मृत्यु भयो ।
मृतक मियाँ मधुमेह र उच्च रक्तचापका विरामी थिए । मंगलबार नै पोष्टमार्टम गरि शव आफन्तलाई जिम्मा लगाईएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
चार महिना अघि किर्ते जालसाज मुद्दामा पुर्पक्षका लागि सोही कारागारमा बन्दी जिवन विताईरहेका सप्तरीको शम्भुनाथ नगरपालिकाका ५९ बर्षीय रामप्रकाश शरण चौधरीको पनि विरामी परी विराटनगरस्थित नोवेल अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ