News Category 2081/12/12
कारागारमा बन्दी जिवन विताईरहेका एक कैदीको मृत्यु
दैनिक समाचारदाता
राजविराज, १२ चैत ।
राजविराज कारागारमा विगत ५ महिनादेखि बन्दी जिवन विताई रहेका एक कैदीको मंगलबार बिहान मृत्यु भएको छ ।
राजविराज नगरपालिका १ चनौरा पडरिया निवासी ५३ बर्षीय तजमुल मियाँको मंगलबार उपचारको क्रममा मृत्यु भएको हो ।
कर्तव्य ज्यान तथा ज्यान मार्ने उद्योगको आरोपमा उनी सप्तरी जिल्ला अदालतमा आफै उपस्थित भएपछि २०८१ कार्तिक ११ गते पुर्पक्षका लागि कारागार चलान भएका थिए ।
कारागारका जेलर प्रवीण कुमार अधिकारीका अनुसार सोमबार राति १० बजेतिर अचानक विरामी परेका उनलाई स्थानिय गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना गराईएको थियो । तर, स्वास्थ्य अवस्थामा सुधार नदेखिएपछि रेफर गरिएका उनको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलबार बिहान ८ बजेतिर उपचारकै क्रममा उनको मृत्यु भयो ।
मृतक मियाँ मधुमेह र उच्च रक्तचापका विरामी थिए । मंगलबार नै पोष्टमार्टम गरि शव आफन्तलाई जिम्मा लगाईएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
चार महिना अघि किर्ते जालसाज मुद्दामा पुर्पक्षका लागि सोही कारागारमा बन्दी जिवन विताईरहेका सप्तरीको शम्भुनाथ नगरपालिकाका ५९ बर्षीय रामप्रकाश शरण चौधरीको पनि विरामी परी विराटनगरस्थित नोवेल अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ