News Category 2081/12/16
राजविराजबाट रात्रिकालिन उडान अन्यौलमा
दैनिक समाचारदाता
राजविराज, १४ चैत ।
बुद्ध एयरले राजविराजबाट चैत १९ गते देखी दैनिक दुई उडान गर्ने निर्णय अन्यौलमा परेको छ ।
२०८१ मंसिर २९ गते संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पसाद पाण्डेले राजविराज विमानस्थलबाट रात्रिकालिन उडानको परीक्षण उडानको प्रारम्भ गरेका थिए । सो परीक्षण उडान पश्चात् राजविराजबाट रात्रिकालिन उडान हुने विश्वास जागेको थियो ।
बुद्ध एयरले राजविराजबाट काठमाडौंका लागि दैनिक दिउँसो २ बजेतीर एक मात्र उडान मार्फत सेवा प्रदान गर्दै आएकोमा यात्रुको चाप बढेपछी एउटा थप उडानका लागि मन्त्री पाण्डेले रात्रीकालिन परिक्षण उडानको उदघाटन गरेका थिए ।
राजविराज विमानस्थलबाट रात्रीकालिन उडानको परिक्षण सकिएको चार महिना वितिसक्दा पनि रात्रिकालिन उडान संचालनमा आउन नसक्दा स्थानियवासीको यसप्रति चासो बढेको हो ।
पछिल्लो पटक चैत १९ अर्थात १ अप्रिलबाट दिनको १२ः२५ र साँझ ६ बजे गरी २ वटा उडान राजविराज विमानस्थलबाट काठमाडौका लागि उडान भर्ने समय तालिका सार्वजनिक गरेको थियो । तर शुक्रवार फेरी त्यो मितीमा रात्रीकालिन उडान सेवा शुरु नहुने बुद्ध एयरलाईन्सले जनाएपछि अन्यौलता बढेको छ ।
एयर ट्राफिक, नोटम एक्सचेन्ज र फ्लाइटहरुको उडान तालिका लगायतका विषयमा काठमाण्डौ स्थित फ्लाईट विभागबाट अनुृमती प्राप्त गर्न ढिलाई भएकोले १ अप्रिलबाट शुरु हुने भनिएको उडान सेवा रोकिएको बुद्ध एयरका स्टेशन म्यानेजर अनिल राजवंशीले जानकारी दिए ।
सबै आवश्यक प्रक्रिया पुरा गरेर रात्रीकालिन विमान सेवा शुरु गर्नमा अझै एक देखि डेढ महिना सम्मको.समय लाग्ने उनले बताए ।
अहिले सम्म रात्रिकालिन विमान सेवा शुरु नभएको र दिनानु दिन यात्रुको चाप बढ्दै गएकोले यात्रुलाई समस्या भइरहेको उद्योग बाणिज्य संघ सप्तरीका अध्यक्ष लालु प्रसाद अग्रवालले बताए ।
राजविराज विमानस्थलका प्रमुख ध्रुव श्रेष्ठले उडानका लागी सबै कुरा तयारी अवस्थामा रहेको जानकारी दिदै सेवा पटक–पटक उडानको समय सार्दै आएका प्रदायक कम्पनीले नै उडानबारे थप स्पस्ट कारण बताउन सक्ने प्रंतिक्रिया दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/03/05 कावा नगरप्रमुखले आर्थिक अनियमितता गरेको भन्दै राजनीतिक दलद्वारा छानबिनको माग
- 2082/03/05 विधि प्रक्रिया तथा प्राथमिकताको आधारमा जनताको आकांक्षा र आवश्यकता पुरा गर्ने ः सभामुख मण्डल
- 2082/03/04 सर्वदलिय बैठकबाट विभिन्न विकासीय योजनाहरु तत्कालै सम्पन्न गराउन निर्णय
- 2082/03/04 नगरपालिका कर्मचारीको आन्दोलन जारि
- 2082/03/04 ट्याक्टरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
- 2082/03/04 थ्री फेज कृषि विद्युतिकरणको शुभारम्भ
- 2082/03/04 लापरवाही गर्ने ठेकेदारलाई कारवाही तथा निर्माण कार्यलाई गति प्रदान गर्न माग
- 2082/03/03 राजविराज नगरपालिकाका निलम्बित मेयर र योजना अधिकृतसहित दुई दर्जन विरुद्ध प्रहरीमा किटानी जाहेरी
- 2082/03/03 बालुवामुनी गाजा लुकाइराखेका घटनाका फरार प्रतिवादी पक्राउ
- 2082/03/03 अधुरा रहेका राजविराजस्थित दुई सडक योजना दश दिनभित्रै संचालन हुने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ