News Category 2081/12/17
पत्रकार महासंघद्वारा पाँच बुदे छिन्नमस्ता घोषणा पत्र जारि
राजविराज÷नेपाल पत्रकार महासंघ, शाखा सप्तरीको समपन्न कार्यसमिति बैठकले पाँच बुदे छिन्नमस्ता घोषणा पत्र जारि गरेको छ ।
चैत १५ गते देशकै प्रसिद्व शक्तिपीठ छिन्नमस्ता भगवती मन्दिर परिसरमा महासंघ अध्यक्ष श्रवणकुमार देवको अध्यक्षतामा सम्पन्न सो बैठकले बिभिन्न निर्णय गर्दै पाँच बुँदे छिन्नमस्ता घोषणा पत्र जारि गरेको हो ।
जारि घोषणा पत्रमा राजविराज–छिन्नमस्ता सडक निर्माणको ठेक्का लागेपनि काम शुरु नगर्दा छिन्नमस्ता मन्दिरमा पूजापाठ एवं दर्शनका लागि आउने श्रद्धालुलाई सास्ती भोग्नुपरिरहेकाले अबिलम्ब या सडक निर्माण गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ ।
त्यस्तै छिन्नमस्ता भगवती मन्दिर संरक्षण, सम्वद्र्धन समितिको विधान बनाउन ढिलो हुँदा कामकाज तथा गतिविधी गर्न बिभिन्न समस्या आइरहेको हुँदा अबिलम्ब विधान बनाएर कार्यान्वयनमा ल्याउन, छिन्नमस्ता मन्दिरको नजिकै छेउमै मदिरा पसलहरु निर्वाद्ध संचालन भइरहेकाले त्यसलाई व्यवस्थित गराउन सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ ।
यसैगरि स्थानीय सरकार गम्भीर भई स्थानीय मिडिया एवं पत्रकारलाई समानुपातिक तरिकाले विज्ञापन उपलब्ध गराउन माग गरिएको छ । पत्रकारलाई रिपोर्टिङ गर्न कुनै वाधा, अवरोध नगर्न सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराउँदै पत्रकारलाई पनि आचारसंहिताको पालना गरेर रिपोर्टिङ गर्न आग्रह समेत गरिएको छ ।
साथै बैठकले नेपाल पत्रकार महासंघ, शाखा सप्तरीको प्रबक्तामा शाखा सचिव खगेन्द्र कार्कीलाई प्रबक्ता तोक्ने निर्णय समेत गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ