News Category 2081/12/17
महायज्ञको पूर्व सन्ध्यामा कलश यात्रा

राजविराज÷राजविराज नगरपालिका ९ मलेठ स्थित श्री रामजानकी पञ्चवटी तिर्थस्थलमा चैत १७ आईतवार देखि शुरु हुने नौ कुण्डिय विष्णु महायज्ञको पुर्व सन्ध्यामा शनिवार सयौंको सहभागितामा कलश यात्रा निकालिएको छ ।
स्थानिय श्री रामजानकी पञ्चवटी तिर्थस्थलबाट निस्केको कलशयात्रामा प्रचण्डगर्मी र घामको परवाह नगरी ठूलो संख्यामा महिला÷पुरुष सहभागि भए । सहभागिहरुले सोही तिर्थस्थलमा रहेको पोखरीबाट पवित्र जल भरेर कलश यात्रामा निस्केका थिए ।
महायज्ञ आयोजक मूल समितिका अध्यक्ष समेत रहेका वडाध्यक्ष जवाहर यादवले चैत १७ देखि शुरु हुने महायज्ञका लागि उक्त तिर्थस्थलमा सम्पूर्ण तयारी पुरा भएको जानकारी दिए । विश्वकल्याण हेतु तथा सनातन धर्मको रक्षागर्ने उद्देश्यले नौ कुण्डिय विष्णु महायज्ञको आयोजना गर्न लागिएको उनको भनाई छ । रोचक कुरा के छ भने उक्त रकम सोही वडावासीबाट जुटाउने आयोजकको तयारी छ । “हामी अन्य वडा, पालिका, कार्यालय र संघ संस्था कतैबाट पनि चन्दा र सहयोग लिएका छैनौं, अध्यक्ष यादवले भने,–सबै खर्च वडाकै बासिन्दाबाट जुटाउने काम भइरहेको छ ।”
राजविराज नगरपालिकामा सबैभन्दा बढी जनसंख्या रहेको उक्त वडामा कसैले नगद त कसैले खाद्यान्न, कपडा तथा अन्य सरसामान दिएर सहयोग गरिरहेको उनको कथन छ ।
महायज्ञमा भारत तथा नेपालका ख्याति प्राप्त सन्त महन्थ तथा कथाबाचकको सहभागिता रहने उनले जानकारी दिएका छन् ।
महायज्ञ अवधिभर ५ लाख भन्दा बढी भक्तजन आउने अनुमान गरिएको बताएका उनले भारतको अयोध्याबाट रामकथा बाचिका देवी चन्द्रकला तथा रामजानकी पंचवटी तिर्थ स्थलका पीठाधीश बाबा भूतनाथ र उनका उत्तराधिकारी आचार्य गगन दास लगायतका सन्त महन्थबाट सिताराम नाम जप, राशलिला र रामलिला लगायतका धार्मिक कार्यक्रमहरु हुने समेत उनले जानकारी दिए ।
यज्ञलाई भव्य वनाउनका लागि धार्मिक कार्यक्रमका साथै मनोरञ्जनका लागि झुला, मौतका कुवाँ, सर्कस लगायतका विभिन्न खेल तमाशा समेतको व्यवस्था गरिएको मूल आयोजक समितका सचिव भूपेन्द्र प्रसाद यादवले जानकारी दिए ।
महायज्ञको उदघाटन आयोजक समितिका सल्लाहकार समेत रहेका राजविराज नगरपालिकाका मेयर (हाल निलम्बित अवस्था) भिमराज यादवले गर्ने कार्यक्रम तय भएको उपाध्यक्ष सुरेन्द्र यादवले जानकारी दिए ।
महायज्ञ भव्य र सभ्य बनाउन स्थानिय समाजसेवी अशोक कुमार मेहता श्रीलाल यादव, प्रदीप यादव, रामचन्द्र यादव, राधेश्याम यादव, भोला यादव, पुनम यादव, जुल्मी यादव, रामु यादव र सिताराम यादव सहित ५१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ ।
त्यस्तै महायज्ञ स्थलमा ५२ अवतार भएको १०८ तथा विभिन्न देवी देवताका गरि कूल १५१ वटा मुर्ती निर्माण गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ