News Category 2081/12/19
‘पत्रकारहरुको सुरक्षाका लागि राज्यले छुट्टै कानुन ल्याउनुपर्छ’

दैनिक समाचारदाता
राजविराज, १९ चैत ।
पत्रकारहरुको सुरक्षाका लागि राज्यले छुट्टै कानुन ल्याउनुपर्नेमा राजविराजमा मंगलबार आयोजित एक अन्तरक्रियाका सहभागिहरुले जोड दिएका छन् ।
नेपाल पत्रकार महासंघ सप्तरीले मंगलबार पत्रकार र संचार गृहको सुरक्षामा राज्यको दायित्व विषयमा पेशागत संघ संगठनसंग गरेको अन्तरक्रियामा सहभागिहरुले यस्तो जोड दिएका हुन् ।
काठमाडौंमा शुक्रबार मारिएका पत्रकार सुरेश रजक र तथा संचारगृहमा भएको आक्रमण विरुद्ध आन्दोलनमा उत्रेका पत्रकार महासंघले पेशागत संघ संगठनसंग अन्तरक्रियाको आयोजना गरेको हो । आयोजित अन्तरक्रियामा वक्ताहरुले परिवर्तनको हरेक आन्दोलनमा अग्रणी भूमिका निर्वाह गर्दै आएका पत्रकारहरु माथि पटक–पटक आक्रमण हुँदै आएकोले उनीहरुको सुरक्षाका लागि छुट्टै कडा कानुन ल्याउनुपर्नेमा वक्ताहरुले बताए ।
कार्यक्रममा बोल्दै सप्तरी जिल्ला वार एशोसिएशनका सचिव राम एकवाल मंडलले जनताको मौलिक हक र मानव अधिकारको संरक्षणमा अग्रणी भूमिका निर्वाह गर्दै आएको संचारकर्मीहरुको सुरक्षाका लागि छुट्टै कानुन ल्याउनु आवश्यक रहेको बताए । उनले संचारकर्मीहरुले अराजकता र भ्रष्टाचार विरुद्ध कलम चलाउने गरेकै कारण असुरक्षित हुँदै गएकोले कानुन ल्याउन सरकार संग माग गरे ।
प्रजातान्त्रिक प्राध्यापक संघका अध्यक्ष उमेश कुमार यादवले जनतालाई सूचना समाचार दिन अहोरात्र खटिने पत्रकारलाई सुरक्षा दिन राज्य संग माग गरे । गणतन्त्र स्थापनाका लागि पत्रकारहरुले निर्वाह गरेको भूमिका स्मरण गर्दै उनले पत्रकारको सुरक्षाप्रति संम्वेदनशील भएर राज्यले कानुन ल्याउनु पर्ने जिकिर गरे ।
नेपाल पत्रकार महासंघ सप्तरीका पुर्वअध्यक्ष बैद्यनाथ झा तथा पुर्वअध्यक्ष मुरली प्रसाद यादवले पत्रकार र संचारगृहको सुरक्षा गर्ने दायित्व कसको ? भन्ने प्रश्न उठाए । सुनियोजित रुपमा सुरेश रजकको निर्मम हत्या भएपनि अहिले सम्म संलग्न व्यक्ति पक्राउ नपर्नु राज्यको कमजोरी भएको उनीहरुको कथन छ ।
नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देवको अध्यक्षतामा आयोजित कार्यक्रममा पत्रकार एवं अधिकारकर्मी मनोहर पोखरेल, नेपाल प्रेस युनिययनका अध्यक्ष विनय कुमार लाल कर्ण र नेपाल प्रेस मञ्चका अध्यक्ष भूषण कुमार सिंहले पत्रकारको निर्मम हत्या गर्ने, घाईते बनाउने र संचारगृहमा आक्रमण गर्ने उपर अविलम्ब सरकारले पक्राउ गरि कारवाही अगाडी बढाउन तथा घट्नाबाट पीडित बनेकाहरुलाई क्षतिपूर्ती उपलब्ध गराउन माग गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ