News Category 2081/12/20
प्रहरी र जनप्रतिनिधि अगाडी नै पोखरीबाट निकालिएको माछा लुटियो
दैनिक समाचारदाता
राजविराज, २० चैत ।
सप्तरीको रुपनी गाउँपालिकामा बुधबार एक पोखरीबाट निकालिएको माछा प्रहरी र जनप्रतिनिधि कै अगाडीबाट लुटिएको छ ।
अदालतको आदेश कार्यान्वयन गर्न पुगेका प्रहरी र जनप्रतिनिधि कै अगाडी पोखरीबाट निकालिएको झण्डै दुई लाख मुल्य बराबरको माछा लुटिएको हो ।
रुपनी गाउँपालिका ३ कटैयास्थित धामी पोखरीबाट १ लाख ९० हजार मुल्य बराबरको करिब ६ सय किलो माछा लुटपाट भएको छ ।
उक्त पोखरी गाउँपालिका सार्वजनिक र स्थानीय एक पक्षले निजि भएको दाबी गर्न थालेपछी सो विवाद अदालत पुगेको थियो । सप्तरी जिल्ला अदालतले पोखरी विवादको अन्तिम किनारा नलागुञ्जले पोखरीमा रहेको माछा बिक्रि गरि प्राप्त आम्दानी गाउँपालिकाको राजश्व खातामा जम्मा गर्न आदेश दिएको थियो ।
सो वडाका इनरदेव चौधरी धामीले पुर्खौदेखी आफूहरुले हकभोग र रेखदेख तथा संरक्षण गर्दै आएको उक्त पोखरी आफूहरु कै परिवारको रहेको दाबी गर्दै आएका थिए । तर वडा कार्यालयले उक्त पोखरी निजि नभई सार्वजनिक भएको दाबी गर्दै आएको थियो ।
अदालतकै आदेश कार्यान्वयनका लागि पत्थरगाढा प्रहरी चौकीका असई बैजु यादव, वडाअध्यक्ष अमरलाल मुखिया सुरक्षाकर्मीसहित पोखरी पुगेको बेला उनीहरुकै उपस्थितिमा पोखरीबाट झण्डै ६ सय किलो माछा बाहिर निकालिएको थियो । तर एक्कासी आएको गाउँलेहरुको एक भिडले ती सबै माछा लुटेर लगेको प्रहरीको भनाई छ ।
प्रहरी नायब उपरिक्षक जितेन्द्र कुमार बस्नेतले अचानक ठूलो संख्यामा आएको समूहले माछा लुटपाट गरेको र सो बारे आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ