News Category 2081/12/21
वर्षायाममा हिलै हिलो र सुख्खायाममा धुलै धुलो
दैनिक समाचारदाता
राजविराज, २१ चैत ।
राजविराज–कंचनपुर सडकमा गुड्ने टिपर, ट्रक, वस, अटो, मोटरसाइकल लगायतका सवारीसंगै हावाले उडाउने धुलोले आसपासका वासिन्दा समस्यामा परेका छन ।
कछुवा तालमा निर्माणाधिन हुलाकीमार्ग अन्तरगत उक्त मार्गबाट ओहोर दोहर गर्ने पैदल र साइकलयात्री तथा मोटरसाइकल यात्री समेत सास्ती भोग्न बाध्य छन ।
निर्माण कम्पनीले एकातिर सुस्त गतीमा काम गरिरहेको र अर्कोतिर सडकमा पानी नहाल्दा धुलोले पुृरै सेतो बन्नु परेको स्थानीयवासी राजेश चौधरीले गुनासो गरे ।
अर्का स्थानीयवासी लाल दासले सवारी र हावाले उडाउने धुलोले दिउँसै बाटो देख्न कठिन हुने गरेको सुनाए । सडकमा निस्कने वित्तिकै गाडीले उडाउने धुलोले सास फेर्न पनि मुृस्किल पर्छ, अर्का स्थानीयवासी चन्दन साहले भने– “धुलो उडेको समयमा आँखा पनि देखिदैन ।”
उक्त मार्गमा ५ वटा विद्यालय पर्ने गरेको राजविराज ३ का मो.अनवरले सुनाए । “सडक बन्नु राम्रो कुरा हो, तर एकातिर कछुवाको गतिमा काम गर्ने र अर्काे तिर सडकमा पानी न छर्केर सडक निर्माणको नाममा मान्छे मार्ने, विरामी पार्ने गरी काम गर्नु हुदैन, उनले थपे–निर्माण कम्पनीलाई समय मै काम सम्पन्न गर्न र सर्वसाधारणलाई धुलोबाट जोगाउन सम्बन्धित निकायले तुरुन्त पहल गर्नू जरुरी छ ।”
उक्त सडक निर्माणको ठेक्का शर्मा–वज्रगुरु–लोहनी जेभी कन्स्ट्रक्सनले पाएको छ । तर विभिन्न बाहानामा निर्माण कम्पनीले समय मै निर्माण कार्य सम्पन्न गर्न सकेको छैन । धुृलोले विषेश गरी उक्त मार्गको दाँया बाया वसोवास गर्ने र ओहोर दोहोर गर्ने सर्वसाधारण सबै भन्दा बढी मारमा परेका छन । वर्षायाममा हिलै हिलो र सख्खायाममा धुलै धुलोबाट आजित बनिरहदा समेत समस्या समाधान गर्न सम्बन्धित निकायले चासो नदेखाएको स्थानीयवासीको गुनासो छ ।
निर्माण भइरहेको उक्त सडकको २०७९ साल देखी निर्माण कार्य सूरु गरिएको थियो । तर निर्माण कार्यले गति लिन नसक्दा वर्षायाममा हिलो र सुख्खायाममा धुलोको समस्या खेप्न बाध्य भएको स्थानीयको गुनासो छ । संघिय सरकारको वजेटबाट सडक डिभिजन कार्यालयले गरेको टेण्डर प्रकृयामा उक्त निर्माण कम्पनीलाई ठेक्का परेको बताइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ