News Category 2081/12/21
सप्तरीबाट सुरु भयो “किसानको आली देखी उपभोक्ताको थाली सम्म” अभियान
दैनिक समाचारदाता
राजविराज, २१ चैत ।
राष्ट्रिय खाद्य बंैक लिमिटेड काठमाडौले दिगो कृषि उत्पादका लागी मधेश प्रदेशमा विहीवारदेखी “किसानको आली देखी उपभोक्ताको थाली सम्म” अभियान सुरु भएको छ ।
खाद्य बैंकले मधेश प्रदेशमै सप्तरी जिल्लाबाट अन्तरक्रियाको आयोजना गर्दै अभियानको शुरुवात गरेका छन् ।
सप्तरी उधोग बाणिज्य संघको समन्वयमा राजविराजमा आयोजित कार्यक्रमा प्रमुख अतिथी राष्ट्रिय खाद्य बैक लि.का अर्थ संयोजक दिपेन्द्र बहादृुर क्षेत्रीले फुलको गमलामा पानी हालेर उक्त अभियानको शुभारम्भ गरेका हुन ।
अभियानको शुभारम्भ गर्दै कार्यक्रमका प्रमुख अतिथी क्षेत्रीले खाद्य क्षेत्रमा भएको विद्यमान आवश्यक्तालाई परिपुर्ती गर्न, आफैले उत्पादन, भण्डारण र बाजारीकरण गर्न तथा खाद्य सुरक्षा र खाद्य सम्प्रभुताको संरक्षण गर्न लगायतका विषय समेटेर अभियानको थालनी गरिएको बताए ।
स्थानीय तहको समन्वयमा कृषि क्षेत्रको अध्यन अनुसन्धान गरी ठाउँ अनुसारको बाली उत्पादनमा प्रोत्साहन गर्ने योजना रहेको उनले बताए ।
राष्ट्रिय खाद्य बैंक लि.का संस्थापक अध्यक्ष एवं राष्ट्रिय कार्यक्रम संयोजक शंकरनाथ उप्रेतीले खाद्यान्न उत्पादन गर्दै उत्पादित खाद्यान्नको बजारिकरण गर्ने, रैथाने कृषि उपजको अध्ययन, अनुसन्धान गर्न जोड दिने तथा वातावरण र माटोको संरक्षण गर्दै दिगो कृषिका नमुनालाई बढावा दिने उदेश्यका साथ आफुहरु किसानको “आली देखी उपभोक्ताको थाली” सम्म अभियान लिएर मधेश प्रदेश आएको जानकारी दिए ।
उद्योग बाणिज्य संघ सप्तरीका अध्यक्ष लालुप्रसाद अग्रवालको अध्यक्षतामा आयोजित कार्यक्रममा मलखाद्य, विऊ विजनको अभाव तथा लागत अनुसारको आम्दानी हुन नसक्दा किसानहरु अन्य पेशामा लाग्न बाध्य अग्रवालले बताए । स्थानीय उत्पादनले माग धान्न नसक्दा अहिले करौडोको खाद्यान्न आयत हुन थालेको छ, अध्यक्ष अग्रवालले भने– किसानलाई कृषि पेशा मै टिकाई राख्न तिनै तहका सरकारले प्रोत्साहनका ठोस कार्यक्रम ल्याउनु जरुरी रहेको उनको भनाई छ ।
कार्यक्रममा राष्ट्रिय खाद्य बैंक लि.का सचिव प्रा.डा.जिवनाथ धिताल, म्यानेजिङ डाइरेक्टर जीपी ढुङ्गेल, अन्तराष्ट्रिय मार्केंटिङ निर्देशक केदार पराजुली, प्राविधीक विभागका इन्जिनीयर संतोष प्रसाई, मार्केटिङ डाइरेक्टर दिनेश प्रसाद अधिकारीका साथै उधोग बाणिज्य महासंघका केन्द्रीय सदस्य अरुण प्रधान, राजविराज नगरपालिकाका कार्यवाहक नगर प्रमुख इसरत परवीन, सुरुंङ्गा नगरपालिकाका नगर प्रमुख गीता चौधरी, तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष अरुण मण्डल, रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादव लगायतले पनि बोल्दै किसान र कृषि क्षेत्रमा देखिएको समस्याबारे चर्चा गर्दै आ–आफना धारणा राखेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ