News Category 2081/12/24
सातदेखी ७५ वर्ष उमेर समूहका २५ जना अशक्तलाई ह्वील चेयर प्रदान
दैनिक समाचारदाता
राजविराज, २४ चैत ।
महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रि नवलकिशोर साहले आइतबार शारीरिक रुपमा अशक्त भई कष्टकर बिताउन बाध्य २५ जनालाई ह्वील चेयर बितरण गरेका छन् ।
नेपाल सद्भावना पार्टीका संस्थापक स्व. गजेन्द्र नारायण सिंहको ९६ औं जन्मजयन्ति एवं रामनवमीको अवसर पारेर उनले अशक्त ती २५ जनालाई ह्वील चेयर बितरण गरेका हुन् ।
रोटरी क्लब अफ बर्दिवास र रोटरी क्लब अफ मेट्रो काठमाडौंको सहयोगमा लाखौं मुल्य बराबरको उक्त ह्वील चेयर पाउनेमा ७ देखी ७५ वर्ष उमेर समूह सम्मका २५ जना छन् ।
उपलब्ध अत्याधुनिक प्रविधीको ह्वील चेयर मन्त्री साहले आफ्नो गृहनगर हनुमाननगर कंकालिनी नगरपालिकामा एक समारोहका बीच यसरी बितरण गरेका हुन् ।
जनता समाजवादी पार्टीका उपाध्यक्ष समेत रहेका मन्त्री साहले स्व. सिंह आफ्नो राजनीतिक जिवनमा प्रेरणाको श्रोत रहेकोले आफू आफ्नो क्षेत्रका बासिन्दाको समस्याप्रति समेत संवेदनशिल रहेको भन्दै दातृ संस्थाबाट सहयोग जुटाएर भए पनि सानो मद्दत गर्न पाएकोमा निकै खुशी लागेको बताए ।
नगरपालिका भित्र शारीरिक रुपमा पूर्ण रुपमा अशक्त भएकाहरुको पहिचान गरि पहिलो चरणमा मन्त्रि साहमार्फत २५ थान ह्वील चेयर बितरण गरिएको रोटरी क्लब अफ बर्दीवासका अध्यक्ष बिष्णुराज पुरीले बताए ।
उक्त अवसरमा रोटरी क्लब अफ बर्दीवासका प्रस्तावक अध्यक्ष सिताराम ढुंगेल, नोमिनी अध्यक्ष दिपककुमार कार्की, राष्ट्रिय अपाङ कोषका सदस्य चितरंजन यादव, हनुमाननगर कंकालिनी नगरपालिका उपमेयर सरिता सिपलिया यादव, पूर्वमेयर शैलेश साह, अपाङ कल्याण संघका अध्यक्ष बलदेव मण्डल, दलित सरोकार मञ्चका अध्यक्ष भोला पासवान, नेपाल पत्रकार महासंघका केन्द्रिय परिषद् सदस्य मनोज कुमार माझी लगायतको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ