News Category 2081/12/24
नेपाल वैश्य कल्याण महासंघ सप्तरीको दोश्रो जिल्ला अधिवेशन सम्पन्न
दैनिक समाचारदाता
राजविराज, २४ चैत ।
नेपाल वैश्य कल्याण महासंघ सप्तरीको दोश्रो जिल्ला अधिवेशन शनिबार राजविराजमा सम्पन्न भएको छ ।
जिल्ला अध्यक्ष रामचन्द्र साहको अध्यक्षतामा आयोजित अधिवेशनको प्रमुख अतिथि महासंघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष एवं वरिष्ठ पत्रकार अनिल कुमार अनलले उद्घाटन गरेका छन् ।
प्रमुख अतिथि केन्द्रिय वरिष्ठ उपाध्यक्ष अनलले महासंघमा आवद्ध वैश्य समाजको आर्थिक, सामाजिक, साँस्कृतिक र शैक्षिक उत्थानका लागि विभिन्न खाका बनाएर आफूहरु अघि बढेको जानकारी गराए ।
उनले वैश्य कल्याण महासंघको पेशागत हकहित, अधिकार तथा उत्थानका लागि सबैले प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले महासंघमा एकताको अभाव हुँदा राज्यको विभिन्न निकायमा पहुँच र अधिकार प्राप्तिमा कठिनाई हुने गरेको भन्दै सबै एकजुट हुनु पर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाल वैश्य कल्याण महासंघ सप्तरीका उपाध्यक्षद्वय ललन प्रभात र लक्ष्मण साह हलुवाई, सेवानिवृत प्रधानाध्यापक नथुनी दास, किरण भगत, रमेश गुप्ता, आनन्दलाल साह, गणु साह, इन्द्रसागर गुप्ता, बैजनाथ गामी, शिवनारायण साह स्वर्णकार, नन्दकिशोर गुप्ता, कथबनिया समाज सप्तरीका अध्यक्ष शिवेन्द्रलाल दास, जिल्ला सचिव मिथलेश्वर साह लगायतका वक्ताहरुले महासंघमा आपसी एकता कायम गर्न तथा समाजमा रहेका विकृती बिसंगतिहरु बिरुद्ध सबै एकजुट भई अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।
नेपाल वैश्य कल्याण महासंघमा २३ वटा जातजाती सम्मिलित रहेको जिल्ला सचिव मिथलेश्वर साहले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ