News Category 2081/12/24
गजेन्द्र बाबुको सम्झनामा सप्तरीमा विभिन्न कार्यक्रम
दैनिक समाचारदाता
राजविराज, २४ चैत ।
मधेशी अधिकारका लागि संगठित अभियानको नेतृत्व गरेका नेता स्व. गजेन्द्र नारायण सिंहको राजनीतिक योगदानको सम्झना गर्दै आइतबार सप्तरीमा विभिन्न कार्यक्रम गरिएको छ ।
मधेशवादी नेता सिंहको ९६ औं जन्मजयन्तीका अवसरमा जसपा नेता एवं महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साहले हनुमाननगर कंकालिनी नगरपालिकाको तीन स्थानमा बनाइएको स्व. सिंहको शालिकमा माल्यार्पण गर्दै उनको योगदान बारे चर्चा गरे ।
सो क्रममा मन्त्री साहले मधेशी जनताको अधिकारका लागी संगठित अभियान चलाएका सिंह निष्ठाको राजनीति गर्ने महान पुरुष भएको जिकिर गरे । उनीबाट सबैले प्रेरणा लिनु पर्ने बताउँदै उनले सिहंले गरेको योगदान सधै अमर रहने उल्लेख गरे ।
उक्त अवसरमा हनुमाननगर कंकालिनी नगरपालिकाका पूर्व मेयर शैलेश साह, युवा नेता सुमित साह, निर्वतमान वडाअध्यक्ष सत्य नारायण यादव, प्रिन्सिपल सुरेस यादव लगायतले पनि स्व.सिंहको योगदान बारे चर्चा गरेका थिए ।
यस्तै आईतवारै राष्ट्रिय मुक्ती पार्टी तथा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सप्तरीले पनि नेता सिहको जन्मजयन्तीका अवसरमा राजविराजस्थित गजेन्द्र चौकमा सरसफाई, उनको शालिकमा माल्यार्पण तथा लडडु समेत बाडेका छन ।
राष्ट्रिय मुक्ती पार्टी सप्तरीका अध्यक्ष दीपेन्द्र चौधरी, केन्द्रिय नेता गजेन्द्र कुमार मण्डल, संविधानसभा सदस्य महेश यादव, लोसपा जिल्ला अध्यक्ष सुनिल कुमार झा, केन्द्रिय उपाध्यक्ष जयप्रकाश ठाकुर, अमरकान्त झा, राजविराज नगरपालिकाका पूर्व मेयर शम्भु प्रसाद यादव, उपमेयर साधना झा, रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादव लगायतले सो अवसरमा स्वं सिंहले विशेष गरी मधेश राजनीतिमा पु¥याएको योगदान भावी पुस्ताका लागी अनुकरणीय रहेको बताएका थिए ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका घर भएका सिंहको १९९८ सालमा रामनवमी कै दिन जन्म भएको थियो । प्रत्येक वर्ष रामनवमीका दिन उनका अनुयायीहरुले विभिन्न कार्यक्रमको आयोजना गरी स्व.सिंहको जन्मजयती मनाउने गरेका छन । सिंहले २०४७ सालमा सद्भावना परिषद हुदै नेपाल सद्भावना पार्टी गठन गरेका थिए । सोही पार्टी मार्फत उनले मधेशी अधिकारका लागी संगठित अभियान चलाएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ