News Category 2081/12/25
आगलागीले बिग्रेको सिसी क्यामरा अझै मर्मत भएन

सतिश कुमार दत्त
राजविराज, २५ चैत ।
राजविराज नगरपालिकाको मुख्य सडकहरुमा जडान गरिएका सिसी क्यामेराहरु विगत १५ दिन देखी विग्रेपनि नगरपालिकाले त्यसको मर्मत संभार गर्न सकेको छैन् ।
नगरको शान्तिसुरक्षा र नगर क्षेत्र भित्र हुने विभिन्न घटना दुर्घटना निगरानी गर्ने उद्देश्यले जडान गरिएको सिसी क्यामेराले काम नगर्दा अपराधका घटनाको सत्यतथ्य पत्ता लगाउन अप्ठ्यारो भएको छ ।
राजविराज नगरपालिकाले आर्थिक वर्ष २०८०÷०८१ मा नगरको शान्ति सुरक्षाका लागी जडान गरेको सिसी क्यामेराहरुको नियन्त्रण कक्ष जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएको छ ।
सडक दुर्घटनाका बारेमा जानकारी लिन जिल्ला प्रहरी कार्यालयमा पुग्दा १५ दिन भन्दा बढी समयदेखी सो सिसी क्यामेराहरु नचल्ने भएर केही जानकारी दिन असमर्थ रहेको कार्यालयका आईटी शाखाले जनाएको छ ।
क्यमेराको संचालन र रेखदेख गर्ने जिम्मेवारी राजविराज नगरपालिको भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए ।
“हामीले क्यामराको सहयोगबाट गतिबिधी मात्र हेर्ने हो, क्यामेराको संचालन र रेखदेखको जिम्मेवारी नगरपालिकाको हो ।” उनले भने, “चैत ९ गते राजविराजस्थित जनआन्दोलन चौकमा रहेको बिजुलीको पोलमा आगलागि भएपछि सोही दिनदेखी क्यामराहरु चल्न बन्द भएको छ, चैत १० गते मौखिक रुपमा नगरपालिकालाई जानकारी गराउँदा पनि नबनाएपछि चैत १५ गते लिखित रुपमै पत्राचार गरेका छौं, तर हाल सम्म पनि मर्मत भएको छैन ।”
यस सम्बन्धमा कावा नगरप्रमुख इसरत परवीनसंग बुझ्न खोज्दा राजविराजको मेन रोडमा आगलागी हुदा केही तारहरु जलेको बताउदै उनले मर्मतका लागी प्रयासरत छौ, चाडै ठिक हुने आवश्वसन दिए ।
नगरपालिकाले राजविराजस्थित गजेन्द्र चौक, नेता चौक, राममन्दिर, अदालत रोड र रुपनी बसस्टेण्ट र पानीटंकी रोड सहितका क्षेत्रमा निगरानी गर्न आर्थिक वर्ष २०८०÷०८१ मा ५० लाखको लागतमा उपभोक्ता समिति मार्फत नगरभरी सिसी क्यामेराहरु जडान गरेको थियो ।
रातीको समयमा सिसि क्यामराको भिजनलाई राम्रो बनाउन ५ थान फ्लोड लाईट र १३ थान मिनि फ्लोड समेत जडान गरिएको गरिएपनि यो सेवा कहिल्यै नियमित रहेको छैन ।
राजविराज नगरपालिकाले १ सय १५ थान क्यामेरा जडान गरिएको बताए पनि प्रहरी नियन्त्रण कक्षमा ८३ वटा क्यामेराको गतिवीधी मात्र हेरिने गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/01/21 लालपुर्जा माग्दै नापी कार्यालयमा घेराउ र धर्ना
- 2082/01/21 महायज्ञको मुख्यमन्त्री सिंहले गरे शुभारम्भ
- 2082/01/21 बैशाख २३ र जेठ २८ गते मधेशमा सार्वजनिक बिदा
- 2082/01/21 महिलालाई आत्मनिर्भर बनाउने प्रयास
- 2082/01/19 आन्दोलित नगरवासीद्वारा हस्ताक्षर संकलन अभियान सुरु
- 2082/01/19 रोकिराखेको टिपरमा मोटरसाइकल ठोकिदा चालकको मृत्यु
- 2082/01/18 संघर्ष समितिले नगरका चौक, पसल र घर घरमा कालो झण्डा झुण्ड्याए
- 2082/01/18 पर्यटन प्रवर्धन र विकासका लागि पर्यटन बोर्ड छिट्टै गठन हुँदैछ ः मन्त्री अली
- 2082/01/18 तीन वर्षभित्रै सुकुम्बासी, अव्यवस्थित बसोबासी समस्याको समाधान हुन्छ ः अध्यक्ष रिजाल
- 2082/01/18 जसपा केन्द्रिय सदस्य डा. बबीले पेस्तोल पड्काएपछी ...
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ