News Category 2081/12/26
साँस्कृतिक महासंघ सप्तरीमा नयाँ नेतृत्व
दैनिक समाचारदाता
राजविराज, २६ चैत ।
नयाँ नेतृत्वको चयन गर्दै नेपाल साँस्कृतिक महासंघ सप्तरीको तेश्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनले बसन्त साह स्वर्णकारको अध्यक्षतमा १५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो ।
अधिवेशनले केन्द्रिय महाधिवेशन प्रतिनिधिमा ८ तथा प्रदेश अधिवेशन प्रतिनिधिमा १२ जनाको सर्वसम्मतले चयन समेत गरेको छ ।
केन्द्रिय महाधिवेशन प्रतिनिधिमा रामनारायण साह, शैलेन्द्र विश्वकर्मा, सुनिता चौधरी, रन्जु साह, रामकुमार सिंह, महिनारायण मण्डल, विभा देव, नरसिंह चौधरीको चयन गरेको छ । यस्तै प्रदेश अधिवेशन प्रतिनिधिमा भगवती चौधरी, आनन्दी मण्डल, राजदेव मण्डल, सत्यदेव यादव, बिजय साह, भोला खंग, महिनारायण चौधरी, अनुकुमारी चौधरी, विशेश्वर प्रसाद साह, बिरेन्द्र विश्वकर्मा, रामकिसुन मण्डल र शर्मिला चौधरीको चयन गरिएको छ ।
उक्त अधिवेशनको प्रमुख अतिथि नेपाल साँस्कृतिक महासंघका केन्द्रिय सभापति तिर्थ बहादुर थापाले उद्घाटन गरेका थिए । उक्त अवसरमा नेपाल साँस्कृतिक महासंघका केन्द्रिय महामन्त्री, केन्द्रिय सदस्य शुसिल सेवा, विशिष्ट अतिथि नेपाली काँग्रेसका जिल्ला उपसभापति रामकुमार यादव, सचिव सनत मण्डल, नेपाल किसान महासंघका केन्द्रिय सदस्य बिन्देश्वर प्रसाद साह, नेपाल मुस्लिम संघका महासचिव इर्साद अन्सारीका साथै उल्लेख्य संख्यामा स्थानीय कलाकारहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ