News Category 2081/12/26
राधाकृष्ण मन्दिरमा चोरी

दैनिक समाचारदाता
राजविराज, २६ चैत ।
राजविराज ७ हटिया बजारस्थित श्री लक्ष्मी नारायण राधाकृष्ण मन्दिरमा सोमबार राती चोरी भएको छ ।
मन्दिर परिसरमा रहेको दानपेटिका तथा इस्कान राजविराजद्वारा संचालित धार्मिक पुस्तक पसलको काउन्टरको ताला फुटाएर नगद रकम चोरले लगेका छन ।
मन्दिरका मुलपुजारी रत्नेश्वर झाका अनुसार मन्दिरमा रहेको पुस्तक काउन्टरबाट पुस्तक विक्री गरे वापतको डेढ÷दुई हजार रुपैया तथा दानपेटिकामा राखिएको सबै रकम चोरी भएको छ ।
उक्त दानपेटिका २०८१ मंसिर देखि खोलिएको थिएन । मन्दिर दर्शन र पुजाआजाका लागी पाँच महिना यता आएका भक्तजनहरुले दानपेटिकामा ठूलै रकम खसालेको अनुमान गरिएपनि यकिन रकम भन्न कठिन भएको मन्दिर व्यवस्थापन समितिका सचिव विरेन्द्र गुप्ताले बताए ।
सोमबार मध्यराती मन्दिरको अग्रभागमा रहेको भेन्टिलेशनबाट चोर भित्र पसेको र पुस्तक काउन्टर तथा दानपेटिकाको ताल्चा फुटाएर रकम चोरी गरी लगेको पाइएको छ । मंगलवार विहान मन्दिरको ढोका खोल्न आउँदा मात्र चोरी भएको थाहा पाएको मुलपुजारी झाले बताए ।
मन्दिर परिसरमा सिसी क्यामेरा जडान नभएकाले पनि चोरको पहिचान गर्न कठिन भएको मन्दिर व्यवस्थापन समितीका सचिव गुप्ताले सुनाए । राजविराजको प्राचिन मन्दिर मध्येका एक उक्त मन्दिर परिसरमा शौचालय तथा बाथरुमको सुविधा नहुदाँ रातीको समयमा पुजारीहरु पनि आ–आफनै घरमा जाने र विहानपख मात्र आउने गरेका छन । यही मौका छोपेर चोरले सम्पती चोरी गरी लगेको स्थानीयको भनाई छ ।
केही समय अघि राजविराजस्थित शनि मन्दिरमा समेत चोरले दानपेटिका फुटाएर हजारौ रकम चोरेर लगेका थिए । उक्त चोरको पत्ता नलाग्दै पुनः अर्काे मन्दिरमा त्यस्तै प्रकृतिको घट्ना भएको हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ