News Category 2081/12/27
पत्रकार रजकको हत्याको विरोधमा राजविराजमा मैनवत्ती प्रज्वलन
दैनिक समाचारदाता
राजविराज, २७ चैत ।
काठमाडौंको तिनकुनेमा भएको हिंसात्मक प्रदर्शनको क्रममा मारिएका पत्रकार सुरेश रजकको हत्याको विरोधमा बुधवार राजविराजमा मैनवत्ती प्रज्वलन गरिएको छ ।
नेपाल पत्रकार महासंघ सप्तरीको अगुवाईमा सप्तरीका पत्रकारहरुले राजविराजस्थित गजेन्द्र चौकमा दिवंगत पत्रकार रजकको हत्यामा संलग्न उपर कारवाहीको माग गर्दै विरोध स्वरुप मैनवत्ती प्रज्वलन गरेको हो ।
पत्रकार रजकको हत्या सम्बन्धमा स्वतन्त्र छानवीन गरी प्रेस स्वतन्त्रता हनन्मा संलग्नहरु माथि कारवाहीसहित क्षतिपुर्ती, घाईते पत्रकारको निशुल्क उपचार र क्षति पुगेको संचारमाध्यमलाई यथोचित क्षतिपुर्तीका मागसहित दोश्रो चरणको आन्दोलन अन्तर्गत पहिलो दिन मैनवत्ती प्रज्वलन गरि विरोध जनाएको पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवणकुमार देवले जानकारी दिएका छन् ।
यही मागहरु लिएर पहिलो चरणको आन्दोलन अन्तर्गत विभिन्न कार्यक्रम गरि सरकारलाई ७ दिनको समय सिमा दिइएको तर सरकार पक्षले कार्यान्वय नगर्दा माग पुरा गराउन दवाव स्वरुप महासंघले दोश्रोे चरणको आन्दोलनको शुरुवात गरेको उनले बताए ।
राजविराजस्थित नेपाल पत्रकार महासंघको कार्यालयबाट दिवंगत पत्रकार राउतको तस्बीर सहितका प्लेकार्ड वोकेर पत्रकारहरु मैनवती प्रज्वलन कार्यक्रममा सहभागि भएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ