News Category 2081/12/27
पत्रकार रजकको हत्याको विरोधमा राजविराजमा मैनवत्ती प्रज्वलन
दैनिक समाचारदाता
राजविराज, २७ चैत ।
काठमाडौंको तिनकुनेमा भएको हिंसात्मक प्रदर्शनको क्रममा मारिएका पत्रकार सुरेश रजकको हत्याको विरोधमा बुधवार राजविराजमा मैनवत्ती प्रज्वलन गरिएको छ ।
नेपाल पत्रकार महासंघ सप्तरीको अगुवाईमा सप्तरीका पत्रकारहरुले राजविराजस्थित गजेन्द्र चौकमा दिवंगत पत्रकार रजकको हत्यामा संलग्न उपर कारवाहीको माग गर्दै विरोध स्वरुप मैनवत्ती प्रज्वलन गरेको हो ।
पत्रकार रजकको हत्या सम्बन्धमा स्वतन्त्र छानवीन गरी प्रेस स्वतन्त्रता हनन्मा संलग्नहरु माथि कारवाहीसहित क्षतिपुर्ती, घाईते पत्रकारको निशुल्क उपचार र क्षति पुगेको संचारमाध्यमलाई यथोचित क्षतिपुर्तीका मागसहित दोश्रो चरणको आन्दोलन अन्तर्गत पहिलो दिन मैनवत्ती प्रज्वलन गरि विरोध जनाएको पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवणकुमार देवले जानकारी दिएका छन् ।
यही मागहरु लिएर पहिलो चरणको आन्दोलन अन्तर्गत विभिन्न कार्यक्रम गरि सरकारलाई ७ दिनको समय सिमा दिइएको तर सरकार पक्षले कार्यान्वय नगर्दा माग पुरा गराउन दवाव स्वरुप महासंघले दोश्रोे चरणको आन्दोलनको शुरुवात गरेको उनले बताए ।
राजविराजस्थित नेपाल पत्रकार महासंघको कार्यालयबाट दिवंगत पत्रकार राउतको तस्बीर सहितका प्लेकार्ड वोकेर पत्रकारहरु मैनवती प्रज्वलन कार्यक्रममा सहभागि भएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ