News Category 2081/12/29
“अधिवेशनको सम्पूर्ण तयारी पुरा”
दैनिक समाचारदाता
राजविराज, २९ चैत ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) सप्तरीको हुन लागेको १० औं जिल्ला अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको छ ।
नेकपा एमालेले राजविराजस्थित पार्टी कार्यालयमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि जिल्ला अधिवेशनको तयारी बारे जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै जिल्ला अध्यक्ष ताराकान्त चौधरीले चैत ३० गते शनिवार हुने उद्घाटन सत्र र चैत ३१ गते आईतवार हुने बन्द सत्रको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिए ।
उनले केन्द्रिय उपाध्यक्ष रामबहादुर थापाले जिल्ला अधिशनको उद्घाट्न सत्रलाई प्रमुख अतिथिको रुपमा आउने बताए ।
१० औं जिल्ला अधिवेशनबाट ५ जना पदाधिकारीसहित १ सय ३५ सदस्यीय जिल्ला कमिटि चयन गरिने उनको भनाई छ ।
अधिवेशनका लागि जिल्लाभरिबाट ३ सय ५२ जना अधिवेशन प्रतिनिधिको सहभागिता रहने जिल्ला सचिव देवनाथ यादवले जानकारी दिए ।
“खुल्लाबाट २ सय २४ जना, महिला ८६ जना र युवा ४२ जनागरि ३ सय ५२ जनाअधिवेश प्रतिनिधिको सहभागिता रहनेछ” सचिव यादवले भने । अधिवेशनलाई भव्य र सभ्य रुपमा सम्पन्न गराउन एक सय स्वंसेवक समेत परिचालन गर्ने व्यवस्था मिलाईएको यादवको भनाई छ ।
पत्रकार सम्मेलनमा पार्टीका केन्द्रिय सदस्य तथा मधेश प्रदेशका गृह तथा संचारमन्त्री राजकुमार लेखि, पोलिटब्युरो सदस्य तथा जिल्ला इन्चार्ज सुमनराज प्याकुरेल, केन्द्रिय सदस्य जितेन्द्र नारायण देव लगायतको उपस्थिति थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ