News Category 2081/12/30
पहाडी र मधेशीबीच सौहर्दता हुनुपर्छ ः नेता रिजाल
राजविराज÷नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले संघीयता व्यवस्थित ढंगले कार्यान्वयन गर्न र बलियो बनाउनको लागि विकासको राजनीति गर्न आवश्यक रहेको बताएका छन् ।
विकासको लागि राजनीति सुशासनको लागि उद्यमशीलता भन्ने नारासहित नेपाली कांग्रेस नगरकार्य समिति राजविराज नगरपालिकाको आयोजनामा अबको राजविराज योजनाबद्ध र दिगो विकास विषयमा शनिवार सम्पन्न विचार गोष्ठी कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले समग्र देशको विकासका लागि पहाडी र मधेशीबीच सौहर्दता हुनुपर्नेमा जोड् समेत दिए । संघीयता ल्याउने क्रममा समुदायलाई विभाजित गर्नेगरी रेखांकन नहोस् भन्ने छलफल भएको थियो’ उनले भने, ‘माथिको उदयपुर र मकवानपुरलाई जोड्न भनेको थिएँ । तर धेरैले यो मानेनन् ।’
देशमा संघीयता आएपनि जसरी अधिकारहरु दिनुप¥थ्यो त्यो दिन नसक्दा निराशा उत्पन्न भएको उनले बताए । संघीयतालाई बलियो बनाए विकासले गति लिने उनको भनाई थियो ।
पूर्वाधारको विकास नहूँदासम्म शहर अघि बढन नसक्ने भन्दै उनले पूर्वाधार, खानेपानी, ढल निकास व्यवस्थित बनाउन सुझाव दिए । उनले अस्पताल, स्वास्थ्य चौकी एवं विद्यालयलाई राम्रो बनाउन समेत सुझाव दिए ।
संविधानसभा सदस्य रंजित कर्णले आयोजना गरेको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै कर्णले राजविराज साक्षरता दरमा धेरै अघि भएपनि अहिले हवात्तै पछि परेको बताए । उनले जनताको मतबाट निर्वाचित भएका जनप्रतिनिधी राजविराजको विकासका लागि कुनै चासो नदिएको बताए ।
संविधानसभा सदस्य तथा नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष रन्जित कर्णको संयोजनमा गरिएको उक्त विचार गोष्ठी कार्यक्रममा नेपाली कांग्रेस सप्तरीका सभापति रामदेव साहले राजविराज नगरको समस्या समाधान गर्न नेपाली काँग्रेस सदैव तत्पर रहेको बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ