News Category 2081/12/30
देशमा गरिबी, असमानता, विभेद कायमै छ ः एमाले उपाध्यक्ष थापा
राजविराज÷नेकपा एमालेका राष्ट्रिय उपाध्यक्ष रामबहादुर थापा बादलले अहिले संघीय शासन सत्ता हातमा लिएपनि चाहेजस्तो सुधार नभएको बताएका छन् । उनले देशमा गरिबी, असमानता, विभेद कायमै रहको समेत बताए ।
नेकपा एमाले सप्तरीको १० औं जिल्ला अधिवेशनको शनिबार राजविराजमा उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
सम्बोधन कै क्रममा उपाध्यक्ष थापाले मुलुकलाई समृद्धिको बाटोमा हिडाउन अब समाजवादी क्रान्तिको आवश्यक रहेको बताए । उनले नेपालमा रोजगारी गर्नेलाई परिवार पाल्न गाह्रो भइरहेको बताउँदै समृद्ध नेपाल र सुखी नेपालीको आधार निर्माण गर्न समाजवादको स्थापना आवश्यक रहेको दोहो¥याए ।
कुनै पनि दलले स्पष्ट बहुमत नपाएकै कारण चाहे जस्तो संविधान बन्न नसकेको, नियम कानुनहरु पनि बन्न नसकेको बताउँदै उनले जनताले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रमा जनताले चाहे जस्तो काम हुन नसकेको उल्लेख गरे ।
उनले समाजवादको स्थापनाका लागि नेकपा एमालेलाई राष्ट्रिय शक्तिको रुपमा ल्याउनुपर्नेमा जोड दिदै कुनैपनि दलले स्पष्ट बहुमत नल्याउँदा देशमा अस्थिरता कायम रहेको जिकिर गरे ।
नेकपा एमालेका जिल्ला अध्यक्ष ताराकान्त चौधरीको अध्यक्षतामा आयोजित उद्घाट्न सत्रमामा जिल्ला इन्चार्ज सुमनराज प्याकुरेल, मधेश प्रदेशका भौतिक पुर्वाधार मन्त्री सरोज कुमार यादव, गृह, संचार तथा कानुन मन्त्री राजकुमार लेखी, केन्द्रिय सदस्य दिवाकर देवकोटा लगायतकाले शुभकामना दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ