News Category 2081/12/30
देशमा गरिबी, असमानता, विभेद कायमै छ ः एमाले उपाध्यक्ष थापा
राजविराज÷नेकपा एमालेका राष्ट्रिय उपाध्यक्ष रामबहादुर थापा बादलले अहिले संघीय शासन सत्ता हातमा लिएपनि चाहेजस्तो सुधार नभएको बताएका छन् । उनले देशमा गरिबी, असमानता, विभेद कायमै रहको समेत बताए ।
नेकपा एमाले सप्तरीको १० औं जिल्ला अधिवेशनको शनिबार राजविराजमा उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
सम्बोधन कै क्रममा उपाध्यक्ष थापाले मुलुकलाई समृद्धिको बाटोमा हिडाउन अब समाजवादी क्रान्तिको आवश्यक रहेको बताए । उनले नेपालमा रोजगारी गर्नेलाई परिवार पाल्न गाह्रो भइरहेको बताउँदै समृद्ध नेपाल र सुखी नेपालीको आधार निर्माण गर्न समाजवादको स्थापना आवश्यक रहेको दोहो¥याए ।
कुनै पनि दलले स्पष्ट बहुमत नपाएकै कारण चाहे जस्तो संविधान बन्न नसकेको, नियम कानुनहरु पनि बन्न नसकेको बताउँदै उनले जनताले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रमा जनताले चाहे जस्तो काम हुन नसकेको उल्लेख गरे ।
उनले समाजवादको स्थापनाका लागि नेकपा एमालेलाई राष्ट्रिय शक्तिको रुपमा ल्याउनुपर्नेमा जोड दिदै कुनैपनि दलले स्पष्ट बहुमत नल्याउँदा देशमा अस्थिरता कायम रहेको जिकिर गरे ।
नेकपा एमालेका जिल्ला अध्यक्ष ताराकान्त चौधरीको अध्यक्षतामा आयोजित उद्घाट्न सत्रमामा जिल्ला इन्चार्ज सुमनराज प्याकुरेल, मधेश प्रदेशका भौतिक पुर्वाधार मन्त्री सरोज कुमार यादव, गृह, संचार तथा कानुन मन्त्री राजकुमार लेखी, केन्द्रिय सदस्य दिवाकर देवकोटा लगायतकाले शुभकामना दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ