News Category 2082/01/01
न्यायीक समितिको आदेशमा क्लिनिकमा ताल्चा
दैनिक समाचारदाता
राजविराज, ३१ चैत ।
लामो समयदेखी घरधनीलाई भाडा नतिरेको भन्दै राजविराजस्थित बालाजी डेण्टल क्लिनिक प्रा.लि.मा आइतबार ताल्चा लगाइएको छ ।
लामो समयदेखी घरधनीलाई भाडा नदिएको तथा पटक पटक राजविराज नगरपालिकाको न्यायीक समितिले गरेको आदेशको वेवास्ता गरिएको भन्दै वडा कार्यालयका प्रतिनीधी, प्रहरी, स्थानीय भरभलादमी तथा संचारकर्मीको रोहबरमा ताल्चा लगाइएको हो ।
राजविराज ४ मा भाडाको घर लिएर संचालन हुदै आएको उक्त क्ल्निीकका संचालक डा विवेक कुमार झाले न्यायिक समिति समेतको आदेशको पालना नगरेकाले वडाकार्यालयलाई कार्यान्वयन गर्न÷गराउनु पत्र आएपछि ताल्चा लगाइएको वडाअध्यक्ष दिनेश कुमार साहले बताए ।
उनका अनुसार घरधनी राजरोशन जोन्छेले घर भाडा दिन डा झाले आलटाल गर्ने, घरपनि खाली नगर्ने तथा उल्टै धम्की समेत दिन थाले पछी उनी न्यायका लागी राजविराज नगरपालिकाको न्यायीक समितीमा पुगेका थिए ।
डा.झाले ४ वटा कोठा ३० हजार प्रति महिनाका दरले भाडाले लिएको तथा भाडा वापतको हाल सम्म ६ लाख ६४ हजार रुपैया दिन आलटाल गरेको भन्दै घरधनी जोन्छे न्यायीक समिती पुगेका थिए ।
त्यसपछि नगरपालिकाले पटक पटक डा झालाई बोलाई घरपट्टीको भाडा बुझाउन समय सिमा सहित सहमती गराएको थियो । तर सहमती विपरीत अटेर गरी वस्दा समितीको आदेशमा उक्त क्लिनीकमा ताल्चा लगाइएको वडा अध्यक्ष साहको भनाई छ । आफुले न्यायीक समितीको आदेश कार्यान्वयन गरेको तथा प्रतिवादी डा झाको क्लिनीकमा रहेका सबै स्वास्थ्य उपकरण सोही कोठामा सुरक्षित साथ राखी साँचो घरधनीलाई बुझाइएको उनको भनाई छ ।
घरधनी जोन्छेको घरबहाल बाकी रहेको रकम नदिए सम्म उक्त सरसमान रोक्का र सो अवधी सम्मको हर्जाना समेत क्लिनीक संचालनलाई ब्यहोर्नू पर्ने बताइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ