News Category 2082/01/01
शिक्षकहरुको आन्दोलनमा काँग्रेस सप्तरीको ऐक्यबद्धता, माग पुरा गर्न सरकारसँग आग्रह
दैनिक समाचारदाता
राजविराज, ३१ चैत ।
नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिद्वारा विद्यालय शिक्षा ऐन जारीको माग गर्दै केही दिनदेखि काठमाडौ केन्द्रीत अनिश्चितकालिन आन्दोलरत शिक्षकहरुको माग यथासिघ्र सम्बोधन गर्न नेपाली काँग्रेस सप्तरीले जोडदार माग गरेको छ ।
नेपाली काँग्रेस सप्तरीका सचिव सनत कुमार मण्डलद्वारा आइतबार जारि प्रेस विज्ञप्तिमा “नेपाल शिक्षक महासंघले उठाएका शिक्षा क्षेत्रका विभिन्न मागहरुका साथै विगतमा नेपाल सरकारसँग भएका विभिन्न सम्झौताम कार्यान्वयनका लागि गरेको आन्दोलन, विगतमा गरेका सम्झौता कार्यान्वयन र महासंघले उठाएका जायज मागहरुलाई बार्ता तथा सम्बादबाट समाधानका लागि नेपाल सरकारसंग नेपाली काग्रेस सप्तरी कार्यसमितिले जोडदार माग गर्दछ ।” उल्लेख छ ।
शिक्षक तथा विद्यालय कर्मचारीका यथोचित माग समाधान गरी गुणस्तरीय विद्यालय शिक्षाको प्रवन्ध गर्नसक्ने ऐन जारी गर्न ढिलाई गरिएको भन्दै नेपाली काँग्रेस सप्तरी कार्यसमिति पूर्ण ऐक्यवद्धता समेत जनाएको विज्ञप्तिमा उल्लेख छ ।
नेपाल शिक्षक महासंघ संसँग २०८० सालमा भएको सहमति र सम्झौता कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह गर्दै विज्ञप्तिमा शिक्षा क्षेत्रको उन्नति लोकतन्त्रको आधार हो, यसप्रति नेपाली कांग्रेस सप्तरी कार्यसमिति प्रतिवद्ध रहदै शिक्षक महासंघले उठाएका जायज मागहरुलाई वार्ता मार्फत तत्काल समाधान दिन नेपाल सरकारसंग विज्ञप्ति मार्फत अनुरोध गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ