News Category 2082/01/02
दुई महिनापछी सकुशल भेटिए रोशनी
दैनिक समाचारदाता
राजविराज, १ बैशाख ।
झण्डै दुई महिनाअघि भारतको उत्तर प्रदेश अयोध्यास्थित राम मन्दिर परिसरबाट हराएकी राजविराज ७ की रोशनी सकुशल भेटिएकी छिन् ।
प्रयागराजमा लागेको बिशाल महाकुम्भमा स्नान पश्चात् अयोध्यास्थित राममन्दिर दर्शन गर्न परिवारसहित पुगेकी २० वर्षिय रोशनी गत फागुन ३ गते भिडमा सम्पर्कबिहीन भएकी थिइन् ।
परिवारजनले उत्तर प्रदेशस्थित खोयापाया केन्द्र (हराएका व्यक्ति बारे सूचना दिने केन्द्र) मा पुगि जानकारी गराएका थिए । यसका अतिरिक्त परिवारजन उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ तथा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह समेतलाई भेटी रोशनीको खोजि र उद्दारमा सहयोगका लागि आग्रह गरेका थिए ।
हराएका सदस्यको खोजिमा लामो समयदेखी भौतिरिएका साह परिवारलाई चार दिनअघि उत्तर प्रदेश प्रहरीबाट आएको खबरले निकै खुशी बनायो । हराएको दुई महिना बित्न लाग्दा पनि नभेटिएका परिवारका सदस्य अब भेटिएलान भन्ने विश्वास नै नभएको बेला अचानक उत्तर प्रदेश प्रहरीको प्रयासले छोरी साथमा पाउन सम्भव भएको बुबा बिरेन्द्र साहले बताए । लामो समयपछि रोशनी भेटिएपछि पुरै परिवार अहिले हर्षित छन् ।
साहले छोरी भेटिने माध्यम बनेका उत्तर प्रदेश प्रहरीले मन्दिर आसपासकै क्षेत्रबाट सकुशल उद्दार गरि आफूहरुलाई बोलाएर जिम्मा लगाएको बताएका छन् । रोशनी मधेश आन्दोलनका सहिद स्व. दिलिप साहकी आफ्नै भतिजि हुन् ।
प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाले तिर्थ यात्राका लागि भारतको अयोध्या पुगेकी रोशनी सम्पर्कबिहीन भएको बेला परिवारजनले जानकारी गराएर पहलका लागि आग्रह गरेपनि अहिले भेटिएको सुनिएपनि परिवारजनले आधिकारीक रुपमा कुनै जानकारी नगराएको बताएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ