News Category 2082/01/02
दुई महिनापछी सकुशल भेटिए रोशनी
दैनिक समाचारदाता
राजविराज, १ बैशाख ।
झण्डै दुई महिनाअघि भारतको उत्तर प्रदेश अयोध्यास्थित राम मन्दिर परिसरबाट हराएकी राजविराज ७ की रोशनी सकुशल भेटिएकी छिन् ।
प्रयागराजमा लागेको बिशाल महाकुम्भमा स्नान पश्चात् अयोध्यास्थित राममन्दिर दर्शन गर्न परिवारसहित पुगेकी २० वर्षिय रोशनी गत फागुन ३ गते भिडमा सम्पर्कबिहीन भएकी थिइन् ।
परिवारजनले उत्तर प्रदेशस्थित खोयापाया केन्द्र (हराएका व्यक्ति बारे सूचना दिने केन्द्र) मा पुगि जानकारी गराएका थिए । यसका अतिरिक्त परिवारजन उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ तथा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह समेतलाई भेटी रोशनीको खोजि र उद्दारमा सहयोगका लागि आग्रह गरेका थिए ।
हराएका सदस्यको खोजिमा लामो समयदेखी भौतिरिएका साह परिवारलाई चार दिनअघि उत्तर प्रदेश प्रहरीबाट आएको खबरले निकै खुशी बनायो । हराएको दुई महिना बित्न लाग्दा पनि नभेटिएका परिवारका सदस्य अब भेटिएलान भन्ने विश्वास नै नभएको बेला अचानक उत्तर प्रदेश प्रहरीको प्रयासले छोरी साथमा पाउन सम्भव भएको बुबा बिरेन्द्र साहले बताए । लामो समयपछि रोशनी भेटिएपछि पुरै परिवार अहिले हर्षित छन् ।
साहले छोरी भेटिने माध्यम बनेका उत्तर प्रदेश प्रहरीले मन्दिर आसपासकै क्षेत्रबाट सकुशल उद्दार गरि आफूहरुलाई बोलाएर जिम्मा लगाएको बताएका छन् । रोशनी मधेश आन्दोलनका सहिद स्व. दिलिप साहकी आफ्नै भतिजि हुन् ।
प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाले तिर्थ यात्राका लागि भारतको अयोध्या पुगेकी रोशनी सम्पर्कबिहीन भएको बेला परिवारजनले जानकारी गराएर पहलका लागि आग्रह गरेपनि अहिले भेटिएको सुनिएपनि परिवारजनले आधिकारीक रुपमा कुनै जानकारी नगराएको बताएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ