News Category 2082/01/02
ऐतिहासिक शम्भुनाथ मेला सुरु
दैनिक समाचारदाता
राजविराज, १ बैशाख ।
नयाँ वर्षको अवसरमा हरेक वर्ष बैशाख १ गतेदेखी लाग्ने शम्भुनाथ मेला यस पटक पनि लागेको छ । सप्तरीको शम्भुनाथ नगरपालिकास्थित मन्दिर प्राङ्गणमा लाग्ने एक महिने ऐतिहासिक मेला सोमबार विधिवत रुपमा पूजापाठ गरि सुरु भएको हो ।
मेलाको एक समारोहबीच वडा अध्यक्ष समेत रहेका “शम्भुनाथ मेला समिति २०८२” का संयोजक बिजय कुमार साहले पूजापाठ र मन्दिरमा भार (प्रसाद) चढाएर शुभारम्भ गरे ।
मेला समितिमा नगरपालिकाका १२ वटै वडाका वडाअध्यक्ष मध्ये एक जना संयोजक र अन्य सदस्य छन् । पहिलो दिन तीन हजार भन्दा बढी श्रद्धालुले प्राङ्गणमा रहेको पोखरीमा पवित्र स्नान पश्चात् पूजापाठ गरेको मेला समितिका संयोजक साहले जानकारी दिए ।
यो मेला भर्न स्वदेशी तथा सीमावर्ती भारतीय क्षेत्रका धर्मावलम्बीहरुको घुँइचो लाग्ने गरेको मूल पुजारी सूर्यनारायण झाको भनाई छ । रुपनी र कठौनाको बीचमा पूर्वपश्चिाम राजमार्गदेखी एक किलोमिटर दक्षिणमा अवस्थित यस मन्दिरमा रहेको शिवलिङ्ग करिब ८ फिट जती अग्लो र ३ फिट मोटो कालो पत्थडको छ ।
यस मेलालाई धार्मिक महत्वका साथै नयाँ वर्षको शुभकामना आदानप्रदान गर्ने स्थलको रुपमा पनि लिने गरिएको छ । यस मेलामा विभिन्न प्रकृति र सम्प्रदायका सयौं साधुसन्तहरुको जमघट भई मन्दिर परिसरमा बसी बैशाख महिना भर साधनामा ब्यस्त रहने तथा रातभर भजन किर्तन हुने गरेको छ ।
यस पटक यस मन्दिरमा पूजापाठ तथा एक महिने मेलामा ५ लाख भन्दा बढी भक्तजन आउने मेला समितिको अनुमान छ । तराई मधेश क्षेत्रमा यति लामो समयसम्म अटुट रुपमा मेला लाग्ने यस्ता धार्मिक स्थल कमै छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ