News Category 2082/01/02
सुख, समृद्धि र शान्तिको लागि दीप प्रज्वलन

दैनिक समाचारदाता
राजविराज, २ बैशाख ।
नयाँ वर्ष सबैका लागि सुख, समृद्धि तथा शान्ति लिएर आओस् भनी कामनासहित एक सामाजिक संस्थाले राजविराजको मुख्य चौकमा दीप प्रज्वलन कार्यक्रमको आयोजना गरेको छ ।
राष्ट्रिय सेविका नेपाल नामक संस्थाले गजेन्द्र चौकमा दीप प्रज्वलन कार्यक्रम गरि यस्तो कामना गरेको हो ।
सडकमै नेपालको नक्शा कोरेर गरिएको दीप प्रज्वलन कार्यक्रममा स्थानीयको समेतको सहभागिता रहेको थियो ।
नयाँ वर्षको अवसर पारेर पहिलो पटक यस्तो शैलीमा कार्यक्रमको आयोजना गरिएको आयोजक संस्थाका सम्पर्क प्रमुख सुनिता साह “क्रान्ति” ले बताइन् ।
उनकै अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि भूमि समस्या समाधान आयोग सप्तरीका सदस्य अनवर अलि, विशिष्ठ अतिथि जंगबहादुर सिंह, लोकेन्द्र झा, प्रयागलाल यादव, मुरली मनोहर चौधरी, हरिनारायण साह लगायतले नयाँ वर्ष सबैका लागि सुःख, शान्ति र समृद्धि लिएर आओस् भनी शुभकामना दिएका थिए ।
उनीहरुले आफ्नो धर्म संस्कृतिको जगेर्ना सँगै समाजमा व्याप्त बिकृती, बिसंगति बिरुद्ध सबै मिलेर काम गर्नु पर्नेमा जोड समेत दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ