News Category 2082/01/05
विकास निर्माण कार्यलाई तिब्रता दिन सुझाव
दैनिक समाचारदाता
राजविराज, ५ बैशाख ।
सप्तरीको विष्णुपुर गाउँपालिकामा स्थानिय र संघीय साँसदबीच त्यहाको विकास निर्माण कार्य बारे शुक्रबार छलफल भएको छ ।
“जनता संग साँसद” नाम दिएर गाउँपालिकाको वडा नं. १ स्थित जनता माध्यमिक विद्यालयमा त्यस क्षेत्रको विकास बारे सांसद दिनेश कुमार यादव र स्थानियबीच विकास निर्माणबारे छलफल भएको हो ।
सप्तरी निर्वाचन क्षेत्र नं. ३ बाट निर्वाचित साँसद यादवले उक्त क्षेत्रको विकासप्रति चासो राख्दै स्थानियको गुनासो सुन्न आयोजना गरिएको छलफलमा स्थानियहरुले जनता माध्यमिक विद्यालयको भौतिक पुर्वाधार निर्माण, सडक, शिक्षा र सिंचाईको समस्याहरु साँसद यादव समक्ष राखेका हुन् ।
तत्कालिन मलेकपुर गाविसका पुर्व अध्यक्ष सुरेन्द्र प्रसाद यादवले वडा नम्बर १ स्थित १८ बर्ष देखि निर्माणाधिन अवस्थामा रहेको खानेपानी टंकीको निर्माण कार्य सम्पन्न गरि संचालनमा ल्याउने तर्फ पहल गरिदिन आग्रह गरे ।
उनले तत्कालिन जमुनी मधेपुरा, मलेकपुर, कटैया र सिम्राहा सिंगियौन गरि ४ वटा गाविसमा शुद्ध खानेपनी पु¥याउने उद्देश्यले २०६४ साल देखि निर्माण थालिएको खानेपानी टंकी निर्माण नहुँदै जिर्ण बन्न लागेकोले त्यसलाई सुचारु गर्ने तर्फ सांसद यादवको ध्यानाकर्षण गराए ।
घोरदह, मुतनी, पाँची जस्ता सधै पानि बग्ने नदीबाट स्थायी रुपमा सिंचाई गर्न सकिने भएकाले त्यस्तो योजनाहरु अगामी बजेटमा समावेश गराउन उहाँले साँसद यादवलाई सुझाव समेत दिए ।
जनता माध्यमिक विद्यालयका पुर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष चितरंजन यादवले भौतिक पुर्वाधारको अभावमा विद्यालयको प्राविधिक शिक्षा संचालनमा समस्या हुँदै आएकोले सुविधा सम्पन्न प्राविधिक शिक्षालय भवन र ल्याव निर्माण गर्नुपर्नेमा जोड दिए ।
विद्यालयका सेवा निवृत्त शिक्षक बमभोला प्रसाद यादवले शैक्षिक स्तरलाई माथि उठाउन विद्यालयको पुर्वाधार निर्माण आवश्यक रहेको तर यस प्रति स्थानिय सरकारले पनि चासो नदेखाएको गुनासो गरे ।
“विद्यालयमा प्राविधिक शिक्षा संचालनमा छ तर, उपुक्त ल्याव छैन, त्यसले विद्यार्थीलाई समस्या भईरहेको छ” यादवले भने, “पुर्वाधार निर्माण र इन्जिनियरिंगको स्नातकतह सम्मको पढाई संचालन हाम्रो प्रमुख माग हो, यसको लागि पहल गरिदिनुस् ।”
विकास निर्माण प्रति स्थानियको चासो र गुनासो सन्नुहुँदै संघीय साँसद यादवले आम जनताबाट उठाईएका समस्याहरुलाई समाधानका लागि आफूले सक्दो पहल गर्ने आश्वासन दिए ।
उनले अवको केही दिन पछि सरकारले नीति तथा कार्यक्रम ल्याउने हुँदा छलफलमा उठेका विषयहरुलाई आउने बजेट मार्फत सम्बोधन हुनेगरि आफूले ताल्लुक मन्त्रालयमा गरेर प्रयास गर्ने तथा यी विषयहरुले बजेटमा प्राथमिकता पाउने विश्वास व्यक्त गरे ।
“विद्यालयको भवन निर्माण देखि सिचाई, सडक जस्ता पुर्वाधार प्रति स्थानियको चासो र गुनासो जायज हो, यसको लागि म सम्बन्धित निकायमा पहल गर्नुछु” साँसद यादवले भने ।
सैयौं स्थानियको सहभागितमा भएको छलफलमा जमुनी मध्येपुरा गाविसका पुर्व अध्यक्ष मौजेलाल यादव, सेवा निवृत्त शिक्षक भागवत यादव, विद्यालय व्यवस्थापनि समितिका पुर्व अध्यक्ष राजु यादव र जयनारायण यादव, स्थानिय प्रेमनारायण यादव सहितकाले विकास निर्माण प्रति सुझाव दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ