News Category 2082/01/06
राष्ट्रिय मुक्ती पार्टी नेपालको सप्तरीमा संगठन विस्तार अभियान सुरु
दैनिक समाचारदाता
राजविराज, ६ बैशाख ।
राष्ट्रिय मुक्ति पार्टी नेपाल सप्तरीले संगठन बिस्तार गर्ने अभियानका क्रममा शनिबार जिल्लाको छिन्नमस्ता गाउपालिकामा संगठन बिस्तार गरेको छ ।
सो गाउँपालिका वडा न. ५ लोखरममा केन्द्रिय नेता तथा सप्तरी जिल्ला प्रभारी केशव झाको प्रमुख आतिथ्य, केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष दीपेन्द्र चौधरीको विशिष्ट आतिथ्य, केन्द्रिय सदस्य गजेन्द्र कुमार मण्डल, शैशब राजू, केन्द्रीय सदस्य चन्द्रा नन्द मिश्र (ज्योतिष) लगायतको आतिथ्यमा सम्पन्न बैठकले सदस्यता वितरणसंगै हनुमान महतोको संयोजकत्वमा २१ सदस्यीय वडा कमिटी चयन गरेको छ ।
सोही बैठकले सदस्यहरुमा कामेश्वर साह, विन्देश्वर मेहता, उदितनारायण मेहता, इसोलाल महतो, भोगानन्द ठाकुर, डम्बर साफी, रमेश साह, सुनिता मेहता, बबिता मेहता, विणा मेहता, सुभाश मिश्रा, जुगु सदा, बिमला देवी, निशा मिश्रा, पबिता मेहता, गिता मेहता, सुरेश सदा, शिवजी साह, कुशेश्वर महतो र भोगेन्द्र ठाकुरलाई चयन गरेको छ ।
कार्यक्रममा पार्टीका प्रभारी केशव झाले राजनीतिको नाममा समाज विभक्त भैसकेकोले समाजलाई जोड्न राष्ट्रिय मुक्ति पार्टी नेपालको आवश्यकता रहेको बताए । उनले जनता आफै जागरुक, सचेत र जिम्मेवार भएमा कसैले झुक्याउन नसक्ने उल्लेख गरे ।
कार्यक्रममा गजेन्द्र कुमार मण्डल, दिपेन्द्र चौधरी, शैशव राजु, ज्योतिष मिश्रा र हनुमान महतोले आ–आफ्नो धारणा राखेका थिए ।
यसअघि पार्टीले सप्तरी जिल्लाको १८ वटै पालिकामा संगठन बिस्तारका लागि संयोजक समेत तोकिसकेको छ । राष्ट्रिय मुक्ति पार्टी नेपालद्वारा अहिले देशैभर सविआसु अभियान संचालन गरिरहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ