News Category 2082/01/08
राजयोगिनी डा.रत्नमोहन दादीप्रति श्रद्धाञ्जली अर्पण

दैनिक समाचारदाता
राजविराज, ७ बैशाख ।
प्रजापिता ब्रह्माकुमारी इश्वरीय विश्वविद्यालय माउन्टआबु राजस्थान (भारत) का प्रमुख डा. रत्नमोहनी दादीको निधनमा आइतबार शोकसभा गरिएको छ ।
एक सय ४ वर्षिया डा.रत्नमोहनी दादीको एक साता अघि उपचारका क्रममा मृत्यु भएको थियो । राजयोग सेवा केन्द्र क्षेत्रिय कार्यालय राजविराजद्वारा आयोजना गरिएको उनको श्रद्धाञ्जली सभाका अधिकाँश वक्ताले अध्यात्म, समाज कल्याण र महिला सशक्तीकरणका क्षेत्रमा डा.रत्नमोहनी दादीको अमुल्य योगदान रहेको चर्चा गर्दै उनको निधनले एउटा जिम्मेवार अभिभावक गुमाएको अनुभुती भईरहेको सुनाए ।
ब्रह्माकुमारी राजसंस्थानको मुख्य प्रशासकिय एवं राजयोगिनी डा.रत्नमोहनी दादीको निधनले समाजलाई ठूलो क्षति भएको भन्दै सहभागी वक्ताहरुले समाजलाई अध्यात्मको बाटोमा लैजान अमुल्य योगदान दिएकी उनी प्रति श्रद्धाञ्जली ब्यक्त गरेका थिए ।
केन्द्रकी मुख्य संचालिका भगवती दिदीको अध्यक्षता तथा मधेश कृषि विश्वविद्यालयका रजिस्टार डा.भगवान ठाकुरको प्रमुख आतिथ्यमा आयोजित श्रद्धाञ्जली सभामा समाजसेवी हरेकृष्ण प्रसाद सिंह, डा.मुरली प्रसाद सिह, प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झा, अनुयायी मधुसुधन लाल देव, दिनानाथ यादव लगायतले बोल्दै आफ्नो सम्पुर्ण जीवन मानव सेवामा अर्पण गर्ने स्व.डा.रत्नमोहनी दादीको निधनले एउटा जिम्मेवार अभिभावक गुमाएको महसुश भइरहेको बताए ।
उनीहरुले स्व.डा.रत्नमोहनी दादीको व्यक्तीत्व र कृतित्वबाट प्रेरणा लिई निःस्वार्थ भावले काम गर्नू पर्नेमा जोड समेत दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ