News Category 2082/01/09
अपहरण तथा जबरजस्तीकरणीका फरार अभियुक्त पक्राउ
दैनिक समाचारदाता
राजविराज, ९ बैशाख ।
डेढ वर्ष अघि एक युवतीको अपहरण तथा शरीर बन्धक बनाई जबरजस्ती करणी गरेको अभियोगमा अदालतबाट कैद सजाय तोकी फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गा नगरपालिका ५ निवासी ४९ वर्षिय मो.इम्तियाज भन्ने इम्तियाज अहमद छन् ।
इम्तियाजलाई सप्तरी जिल्ला अदालतले उक्त मुद्दामा २०८० साल साउन ४ गते ८ वर्ष कैद सजाय हुने ठहर गरेको थियो । त्यस पछि फरार भएका उनलाई सोमवार गाउँ घर मै लुकीछिपी बसेको अवस्थामा इलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक जीतेन्द्र कुमार वस्नेतले जानकारी दिए ।
फैसला कार्यान्वयका क्रममा पक्राउ परेका उनलाई मंगलवार सप्तरी जिल्ला अदालतमा उपस्थित गराउँदा आदेशानुसार कैद सजाय भुक्तानका लागी राजविराज कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ