News Category 2082/01/09
लालपूर्जा पाउनु पर्ने माग गर्दै दोस्रो चरणको आन्दोलन घोषणा
दैनिक समाचारदाता
राजविराज, ९ बैशाख ।
लालपूर्जा पाउनु पर्ने माग गर्दै प्रथम चरणमा बजार बन्द र विरोध प्रर्दशनका कार्यक्रम सम्पन्न गरेका राजविराज नगरवासी पीडित संघर्ष समितीले दोश्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
मंगलवार राजविराजस्थित गजेन्द्र चौकमा पत्रकार सम्मेलनको आयोजना गरी संघर्ष समितीका संयोजक इरसाद अन्सारीले माग पुरा गराउन थप दबाव दिने उद्देश्यले बैशाख १८ गते नगर क्षेत्रको सबै घर र पसलमा कालो झण्डा झुण्ड्याइने, बैशाख १९ गते गजेन्द्र चौकमा मागका पक्षमा हस्ताक्षर संकलन अभियान, बैशाख २१ गते नापी कार्यालयमा कामकाज ठप्प पार्ने गरी धर्ना र बैशाख २२ गते राजविराज नगरपालिका कार्यालयमा धर्ना दिने कार्यक्रम घोषणा गरेका छन् ।
यसअघि प्रथम चरणको आन्दोलनका क्रममा स्थानीय प्रशासन, सुरक्षा निकायका प्रमुख र सरोकारवाला निकायका प्रमुखको उपस्थितीमा गत फागुन १८ गते भएको सहमती कार्यान्वयनमा ढिलाई भएको भन्दै नगरवासीको तर्फबाट गठित संर्घष समितिले दोश्रो चरणको आन्दोलन कार्यक्रम घोषणा गरेको हो ।
पत्रकार सम्मेलनको प्रमुख आतिथ्य ग्रहण गरेका जिल्ला समन्वय समिती सप्तरीका प्रमुख शिव नारायण साहले लालपूर्जाको समस्या अविलम्ब सरकारले समाधान गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।
बि.स. २०१६ सालमै नगरपालिका घोषणा भएर नगरको मुख्य सडक मेनरोड तथा भित्री सडकको दायाँ बायाँ रहेका ५ हजार २ सय परिवार वर्षाै देखी लालपूर्जा पाउन सकेका छैनन । मालपोत कार्यालयबाट विगत ८ वर्ष देखी रोक्का प्रकृया तथा राजविराज नगरपालिका कार्यालयबाट नक्शापास लगायतका कार्य बन्द भएपछी स्थानीय समस्यामा परेको संघर्ष समिती तथा वार्ता समितिका सदस्य दिपेन्द्र चौधरीको भनाई छ ।
संघर्ष तथा वार्ता समितीका अर्का सदस्य शम्भुलाल देवले नापी कार्यालयका प्रमुखले रकम लिएर केही ब्यक्तीलाई लालपूर्जा प्रदान गरिसकेको दाबीका साथ प्रकृया पुरा गरेर विटौरी र ब्लक जग्गा बाहक सबैलाई लालपूर्जा नदिए आन्दोलनलाई उनी विरुद्ध नै केन्द्रित बनाउने चेतावनी दिए । उनले आन्दोलनबाटै समस्या समाधान हुने भन्दै सबैलाई सहयोग र सर्मथन गर्न आग्रह समेत गरे ।
नागरिक समाज सप्तरीका अध्यक्ष थानसिह भन्सालीले माग पुरा नभएसम्म आन्दोलन नरोकिने भन्दै सम्पुर्ण नगरवासी संगठित भई अघि बढे सफलता निश्चित हुने बताए ।
संघर्ष समितीले नगरका विटौरी र ब्लक जग्गामा पुस्तौ देखी वसोवास गर्दै आएका ५ हजार भन्दा बढी परिवारलाई लालपूर्जा प्रदान गरिनु पर्ने, राजविराज वसर्पाकको संचालन, सीमानाका क्षेत्रमा विषादी परिक्षणका लागी क्वारेन्टाईनको व्यवस्था, लामो समय देखी बन्द रहेको छोटी भन्सार कार्यालयहरुको संचालन, लामखुट्टे नियन्त्रणका लागी औषधी छर्कने व्यवस्था, हटियामा निर्माणाधिन कप्लेक्सको अविलम्ब निर्माण कार्य सकाएर व्यापारीलाई हस्तान्तरण लगायतका ८ बुंदे माँग अघि सारेका छन ।
झण्डै ६५ वर्ष देखी संघर्षरत बिटौरी र ब्लक जग्गामा वसोवास गर्दै आएका राजविराज नगरपालिकाका ५ हजार भन्दा बढी परिवार अझै लालपूर्जा पाउने आस लगाइरहेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ