News Category 2082/01/12
अवैध रुपमा भारतबाट नेपाल ल्याउँदै गरेको १८ लाख भन्दा बढीको फलफुलसहित एक पक्राउ
दैनिक समाचारदाता
राजविराज, १२ गते ।
भारतबाट तस्करी गरि नेपालतर्फ ल्याउँदै गरेको १८ लाख भन्दा बढीका फलफुलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
हुलाकी सडक अन्तरगत सप्तरीको बलान बिहुल २ चनही सडक खण्डमा प्रहरीले प्र०१–००१च०२४० नम्बरको पिकअप भ्यानबाट १८ लाख ५९ हजार ९ सय मुल्य बराबरको फलफुलसहित एक जनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सिरहाको लहान नगरपालिका १ का २५ वर्षिय रबिन महतो छन् । उनले चलाएको सो गाडीमा भारतबाट भन्सार छलेर ल्याइएका स्याउ, सुन्तला र आँप लगायतका फलफुल बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्त प्रहरी नायब उपरिक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
प्रहरी चौकी चनहीबाट खटेको गस्ती टोलीले चेकजाचका क्रममा अवैध रुपमा ल्याइएको फलफुलसहित उक्त गाडी नियन्त्रणमा लिएको प्रहरी नायब उपरिक्षक बस्नेतको भनाई छ ।
भन्सार छलेर ल्याइएको फलफुल र सो कार्यमा प्रयोग गरिएको पिकअपसहित चालक मेहतालाई शुक्रबार नै कारवाहीका लागि राजविराज भन्सार कार्यालय चलान गरिएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ