News Category 2082/01/15
डाक्नेश्वरीमा आँखा र कानको निःशुल्क शिविर सम्पन्न
दैनिक समाचारदाता
राजविराज, १४ गते ।
सप्तरीको डाक्नेश्वरी नगरपालिकामा आँखा र कानको रोगीहरुका लागि निःशुल्क शिविर सञ्चालन गरिएको छ ।
वडा नम्बर ५ स्थित रहेको कन्त चन्द्र माध्यमिक विद्यालय पातोमा आँखा तथा कानका रोगीहरुका लागि निःशुल्क शिविर संचालन गरिएको हो ।
शनिवार आयोजना गरिएको शिविरमा आँखा र कानका तीनसय ६० जना रोगीले सेवा लिएको आयोजक संस्थाले जनाएको छ ।
सगरमाथा चौधरी आँखा अस्पताल लाहानको सहयोग तथा निःसहाय सेवा समिति पातो एवं डाक्नेश्वरी मानव अधिकार नगर समूहले संयुक्त रुपमा सञ्चालन गरिएको सो शिविरमा नेपाल र छिमेकी राष्ट्र भारतको विहार राज्य समेतवाट आँखा तथा कानका रोगीहरु सेवा लिन आएका थिए ।
दुई सय ६० जना आँखाका विरामीहरुलाई जाँच गरिएको मध्ये ७५ जना मोतियाविन्दुका रोगी निशुल्क अप्रेशनको लागि छनौट गरिएको निःसहाय सेवा समितिका सचिव रामचन्द्र मण्डलले जानकारी दिए ।
उनले शिविरमा ४८ जना कानका विरामीको उपचार गरिएको बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ