News Category 2082/01/15
राप्रपा अध्यक्ष लिङ्देनलाई कारवाही गर्न माग गर्दै काँग्रेसले पठाए प्रधानमन्त्रीलाई ज्ञापनपत्र
दैनिक समाचारदाता
राजविराज, १४ गते ।
नेपाली काँग्रेस सप्तरीले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई कारवाही गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ ।
बैशाख १२ गतेका दिन संघीय संसदमा राप्रपाका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्गदेनले कपोल कल्पित, भ्रामक अभिव्यक्ति राखी संसद, जनता र समाजलाई दिग भ्रमित गरी दुष–प्रचार गर्ने कार्य गरेको भन्दै ज्ञापनपत्र मार्फत कारवाहीको माग गरेको हो ।
नेपाली काँग्रेस सप्तरीको टोलीले आईतवार जिल्ला प्रशासन कार्यालय सप्तरी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाउँदै देशको जिम्मेवार पार्टीका अध्यक्षले यसरी वोलेको विषय राजावादीहरुको आन्दोलनमा कोटेश्वर स्थित भाट–भटेनीमा भएको लुट पाटमा नेपाली काँग्रेसको सह–महामन्त्रीको छोराले लुटपाट गरेको भनी अमर्यादित भनाई प्रति हाम्रो गम्भिर आपत्ती रहेको जनाएको छ ।
“राजेन्द लिङ्देनको सो कदमले नेपाली जनताको बलीदानबाट प्राप्त संघीयता, लोकतन्त्र, गणतन्त्रलाई कमजोर गर्ने दुष्प्रयास गरेको हामीले महसुस गरेका छौ” ज्ञापनपत्रमा भनिएको छ ।
लिङ्देनको भनाई प्रति नेपाली काँग्रेस खेद प्रकट गर्दै नेपाली काँग्रेसको कुन सह(महामन्त्रीको छोराले लुटपाट गरेको हो भनी प्रष्ट पार्न चुनौती समेत दिइएको ज्ञापनपत्रमा यस्ता गैर जिम्मेवारपूर्ण अभिव्यक्ति दिने राजेन्द्र लिङ्गदेनलाई कानूनको कठघरामा खडागरी आवश्यक कारवाही गर्न माग गरिएको छ ।
“समाजिक संजालमा सह–महामन्त्रीको नाम राखी समाजिक प्रतिष्ठामा आँच पुग्ने गरी भएको मान मर्दन हर्कतलाई घोर भर्तसना गर्दछौ । उक्त निन्दनीय कार्यको लागि कानून बमोजिम लगायतका मुद्दा चलाई निजलाई हदै सम्मको कारवाही उठाई राष्ट्र र जनतालाई कानूनी राज्यको अनुभूति दिलाउन तत्काल कानूनी प्रकृया अवलम्बन गर्न हामी जोडदार माँग गर्दछौ” ज्ञापनपत्रमा उल्लेख छ ।
नेपाली काँग्रेस सप्तरीका सचिव सनत कुमार मंडल, प्रवक्ता नन्दकिशोर यादव, नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष राकेश ठाकुर सहितका टोलीले प्रशासकीय अधिकृत जितेन्द्र कुमार पासवानलाई ज्ञापनपत्र बुझाएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ