News Category 2082/01/15
आमाले विषपान गराएका छोराको मृत्यु, आफू गम्भिर

दैनिक समाचारदाता
राजविराज, १५ बैशाख ।
सप्तरीमा एक महिलाले आफूसहित नावालक छोरालाई समेत विषपान गराएकी छिन् । सो विष सेवनबाट उनका चार बर्षीय छोरा सौरभको उपचारको क्रममा मृत्यु भएको छ भने आमाको अवस्था गम्भिर छ ।
राजविराज नगरपालिका १ चनौरा घर भएका अनिल कुमार साफीकष्भस्ी २५ बर्षीया श्रीमति काजल देवी साफीले घरायसी विवादका कारण नाम नखुलेको किरा मार्ने विषादी आफू समेत छोरालाई पनि खुवाएकी थिईन् ।
विष खुवाउँदा सिकिस्त भएका उनका चार बर्षीय छोरालाई उपचारका लागि स्थानिय गजेन्द्रनारायण सिंह अस्पताल पु¥याइएको थियो । त्यहा उपचार सम्भव नभएपछि थप उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हुँदै विराटनगरस्थित नोवेल अस्पताल पु¥याईको र उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कर्यालय सप्तरीका प्रवक्ता जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
विष सेवनबाट आमा काजल पनि अति सिकिस्त अवस्थामा रहेको र उनको उपचार नोवेल अस्पताल विराटनगरमा भईरहेको प्रहरीले जनाएको छ ।
घरायसी विवादका कारण उक्त घट्ना भएको भन्दै प्रहरीले यसबारे थप अनुसन्धान भईरहेको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ