News Category 2082/01/15
कारागारबाट कैदी फरार

दैनिक समाचारदाता
राजविराज, १५ बैशाख ।
कारागार कार्यालय सप्तरीबाट आइतबार राती एक कैदी फरार भएका छन् । चोरी मुद्दामा धरौटी बुझाउन नसकेर कैदी बन्दी बिताइरहेका सप्तरीको शम्भुनाथ नगरपालिका ११ घर भएका ३५ बर्षीय रामानन्द मंडल आइतवार राति कारागारबाट फरार भएका हुन् ।
आइतवार राति हवाहुरी र चट्यांगका कारण विद्युत अवरुद्ध भएको र सोही मौका छोपेर कैदी मंडल फरार भएको कारागार कार्यालय सप्तरीका प्रमुख मातृका प्रसाद दाहालले जानकारी दिएका छन् ।
घट्नाबारे सोमवार विहानै जानकारी पाएसंगै डिउटीमा रहेका प्रहरी कर्मचारीहरु माथि आवश्यक अनुसन्धान शुरु गरि फरार भएका कैदी मंडलको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए ।
काठमाडौं जिल्ला अदालतमा दायर भएको चोरी मुद्दामा एक लाख ४० हजार घरौट अदालतले मागेपछि सो तिर्न नसकेर कारागार चलान गरिएका मंडललाई केन्द्रिय कारागार काठमाडौंले २०८१ पुष ६ गते राजविराजमा पठाएको कारागार कार्यालय प्रमुख दाहालले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ