News Category 2082/01/16
आगामी नीति तथा कार्यक्रममा पालिकाहरुले खानेपानी सरसफाई तथा स्वच्छता क्षेत्रगत कार्यक्रममा बजेट राख्ने प्रतिबद्धता
दैनिक समाचारदाता
राजविराज, १६ बैशाख ।
पालिकाहरुले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेटमा खानेपानी सरसफाई तथा स्वच्छता क्षेत्रगत कार्यक्रम र बजेट राख्ने प्रतिबद्धता जनाएको छ ।
मंगलबार राजविराजमा सम्पन्न स्थानीय तहको खानेपानी सरसफाई तथा स्वच्छता सुशासन सम्बन्धी दुई दिने कार्यशालामा पालिका प्रमुखहरुले वास गभर्नेन्स क्षेत्रका लागि आवश्यक ऐन, कार्यविधि तथा मापदण्डहरु पारित गर्दै प्रभावकारी कार्यान्वयनका लागि बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाएका हुन् ।
युनिसेफको सहयोगमा हनुमाननगर कंकालिनी नगरपालिकाद्वारा आयोजित सो कार्यशालामा सप्तरीका ६ वटा र सिरहाका दुई वटा पालिकाका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, कानुनी सल्लाहकार, विधायन समितिका सदस्य तथा सम्बन्धित शाखाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।
खानेपानी सरसफाई तथा स्वच्छता सम्बन्धी ऐन, कार्यविधि तथा मापदण्डहरु बनाउन छलफल गरिनुका साथै मस्यौदा समेत तयार गरिएको र वास योजना प्रभावकारी कार्यान्वयनका लागि कार्ययोजना समेत बनाइएको युनिसेफका वास अधिकृृत अन्नपूर्ण मिश्रले जानकारी दिए ।
कार्यशालामा सहभागी ८ वटै पालिकाहरुले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेटमा खानेपानी सरसफाई तथा स्वच्छता क्षेत्रको कार्यक्रम सञ्चालन गर्न न्यूनतम ५० लाखदेखि डेढ करोड रुपैयाँसम्मको कार्ययोजना बनाएको हनुमाननगर कंकालिनी नगरपालिकाका वास सम्पर्क ब्यक्ति अमित पाठकले जानकारी दिए ।
हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख विरेन्द्र माझीको अध्यक्षतामा सम्पन्न सो कार्यशालामा सुरुङ्गा नगरपालिकाका प्रमुख गिता चौधरी, शम्भुनाथ नगरपालिकाका कार्यबाहक प्रमुख अनिता कुमारी चौधरीसहितकाले वास कार्ययोजनालाई प्रभाकारी कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए ।
सिरहाको सिरहा नगरपालिका र लक्ष्मीपुर पतारी गाउँपालिका तथा सप्तरीको सुरुङ्गा नगरपालिका, शम्भुनाथ नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, राजविराज नगरपालिका, तिलाठी कोईलाडी गाउँपालिका र बलान बिहुल गाउँपालिकाको सहभागिता रहेको सो कार्यक्रममा युनिसेफकी वास अधिकृत अन्नपूर्ण मिश्र, सहजकर्ता दिपक श्रेष्ठसहितकाले सहजीकरण गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ