News Category 2082/01/17
उमावि शिक्षाका लागि भवन निर्माण हुँदै
दैनिक समाचारदाता
राजविराज, १७ बैशाख ।
सप्तरीको राजगढ गाउँपालिका वडा नं. ४ स्थित जनता मावि बेल्ही चपेनामा उच्च माध्यमिक शिक्षाका लागि आवश्यक कक्षा कोठा भवनको निर्माण कार्य शुरु भएको छ ।
गाउँपालिका अध्यक्ष ओम प्रकाश मण्डलले बुधवार विद्यालयको प्रांगणमा एक कार्यक्रमबीच भवन निर्माण कार्यको शिलान्यास गरेका हुन् ।
संघीय सरकारको ६३ लाखको रुपैयाँको अनुदान सहयोग तथा गाउँपालिकाको साझेदारीमा चार कोठे कक्षा भवन निर्माण कार्य सुरु भएको गाउँपालिका अध्यक्ष मण्डलले जानकारी दिए ।
शिलान्यास समारोहलाई सम्बोधन गर्दै अध्यक्ष मण्डलले आफु पालिकाको शैक्षिक, सामाजिक, स्वास्थ, कृषि र विकास निर्माणका विभिन्न गतिविधिलाई प्राथमिक्तामा राखेको भन्दै पालिकामा आमूल परिवर्तन ल्याउने विश्वास व्यक्त गरे ।
शिलान्यास समारोहमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नन्दकिशोर मण्डल, वडा अध्यक्ष अशोक साह, राष्ट्रिय मुक्ति पार्टीका केन्द्रीय नेता गजेन्द्र कुमार मण्डल, समाजसेवी घनश्याम मण्डल, ब्रहमदेव मण्डल, नारायण मण्डल, दुनियालाल मण्डल, रामप्रकाश मण्डलको लगायतको उपस्थिती रहेको थियो । उक्त विद्यालयमा हाल १० कक्षा सम्मको पढाई मात्र हुने गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ