News Category 2082/01/17
अटोबाट झण्डै डेढ सय किलो गाजासहित एक पक्राउ
दैनिक समाचारदाता
राजविराज, १७ बैशाख ।
सप्तरी प्रहरीले जिल्लाको दुई स्थानबाट १ सय ३७ किलो प्रतिबन्धित लागुऔषध गाजासहित एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीले हुलाकी राजमार्ग अन्तरगत जिल्लाको तिरहुत गाँउपालिका वडा नं. २ बडहरास्थित सडक खण्डमा बुधबार फत्तेपुरबाट डिमनतर्फ जादै गरेको प्र१–०२–००३ ह २९३४ नं. को अटोबाट ५८ किलो गाजा बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता जितेन्द्र कुमार बस्नेतका अनुसार अटो चेक जाँच गर्दा अटो भित्र सेतो पलास्टिकको दुई वटा पोका र सेता बोरा भित्र रहेको उक्त मात्रामा लागुऔषध गाँजा बरामद भएको छ ।
गाजासहित प्रहरीले अटो र अटो चालक उदयपुर जिल्लाको बेलका नगरपालिका ३ मोरङगे टोल निवासी ४१ वर्षिय जयराम दाहाललाई नियन्त्रणमा लिएको जनाएको छ ।
यस्तै मंगलबार पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको कंचनरुप नगरपालिका २ बरमझियामा खटेको प्रहरी टोलीलाई देख्ने बित्तिकै स.१ह.१७१६ नं. अटो छाडी चालक फरार भएका थिए । प्रहरीका अनुसार अटोलाई चेकजाज गर्दा तीन वटा बोरा, एक वटा कालो सुटकेस र एक वटा कपडाको रातो झोलामा गरि ७९.७६ किलो लागूऔषध गाँजा फेला परेको हो ।
तिरहुतबाट पक्राउ परेका चालकलाई कानून बमोजिम पकाउ गरी सप्तरी जिल्ला अदालतबाट म्याद थप गराई अनुसन्धान कार्य भइरहेको तथा बरमझियाबाट बरामद अटो र गाँजा नियन्त्रणमा लिई अनुसन्धान अगाडी बढाइएको र फरार चालकको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ