News Category 2082/01/17
अटोबाट झण्डै डेढ सय किलो गाजासहित एक पक्राउ
दैनिक समाचारदाता
राजविराज, १७ बैशाख ।
सप्तरी प्रहरीले जिल्लाको दुई स्थानबाट १ सय ३७ किलो प्रतिबन्धित लागुऔषध गाजासहित एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीले हुलाकी राजमार्ग अन्तरगत जिल्लाको तिरहुत गाँउपालिका वडा नं. २ बडहरास्थित सडक खण्डमा बुधबार फत्तेपुरबाट डिमनतर्फ जादै गरेको प्र१–०२–००३ ह २९३४ नं. को अटोबाट ५८ किलो गाजा बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता जितेन्द्र कुमार बस्नेतका अनुसार अटो चेक जाँच गर्दा अटो भित्र सेतो पलास्टिकको दुई वटा पोका र सेता बोरा भित्र रहेको उक्त मात्रामा लागुऔषध गाँजा बरामद भएको छ ।
गाजासहित प्रहरीले अटो र अटो चालक उदयपुर जिल्लाको बेलका नगरपालिका ३ मोरङगे टोल निवासी ४१ वर्षिय जयराम दाहाललाई नियन्त्रणमा लिएको जनाएको छ ।
यस्तै मंगलबार पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको कंचनरुप नगरपालिका २ बरमझियामा खटेको प्रहरी टोलीलाई देख्ने बित्तिकै स.१ह.१७१६ नं. अटो छाडी चालक फरार भएका थिए । प्रहरीका अनुसार अटोलाई चेकजाज गर्दा तीन वटा बोरा, एक वटा कालो सुटकेस र एक वटा कपडाको रातो झोलामा गरि ७९.७६ किलो लागूऔषध गाँजा फेला परेको हो ।
तिरहुतबाट पक्राउ परेका चालकलाई कानून बमोजिम पकाउ गरी सप्तरी जिल्ला अदालतबाट म्याद थप गराई अनुसन्धान कार्य भइरहेको तथा बरमझियाबाट बरामद अटो र गाँजा नियन्त्रणमा लिई अनुसन्धान अगाडी बढाइएको र फरार चालकको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ