News Category 2082/01/29
कान्छो छोरालाई थाहै नदिई जेठो छोराले आफूलाई समेत झुक्याई ऋण लिएको आमाको आरोप
दैनिक समाचारदाता
राजविराज, २९ बैशाख ।
सप्तरीको विष्णुपुर गाउँपालिका वडा नं. ६ क्याम्पस रोड निवासी ६० वर्षिया शम्भु देवी यादवले कान्छो छोरालाई थाहै नदिई आफुलाई समेत झुक्याएर जेठो छोराले एक सहकारी संस्थाबाट एक करोड रुपैया ऋण निकालेको आरोप लगाएकी छिन ।
राजविराजस्थित नेपाल पत्रकार महासंघ सप्तरीको कार्यालयमा सोमबार पत्रकार सम्मेलनको आयोजना गरी उनले यस्तो आरोप लगाएकी हुन् । जेठो छोरा शिव कुमार यादवले आईडियल सहकारी संस्था लि.संग मिलोमतो गरी एक करोड रुपैया ऋण निकालेको उनको आरोप छ ।
कान्छो छोरा सचिनसंगै पत्रकार सम्मेलनमा उपस्थित भएकी उनले विष्णुपुर गाउँपालिका ६ क्याम्पस रोड जाने सडक किनारामा एक कठ्ठा जग्गामा बनेको दुई तल्ले घर उक्त सहकारी संस्थामा धितो राखी २०६९ सालमा १ करोड रुपैया जेठो छोरा शिवले निकालेको बताईन ।
कान्छो छोरालाई कुनै जानकारी नदिई मलाई समेत झुक्याएर सादा कागज र चेकमा हस्ताक्षर गराएको जेठो छोरा शिवले उक्त सहकारी संस्थाबाट सो रकम निकालेको कुरा सहकारी संस्थाबाट लिलामी प्रकृयाको चिठ्ठी आएपछि मात्र थाहा पाएको उनले बताइन् ।
उक्र सहकारी संस्थाले एकमात्र घर र जग्गा लिलामी प्रकृया अगाडी बढाएपछी शोकमा परेको श्रीमान कुसुम लालको शोक मै केही दिन अघि निधन भएको उनको भनाई छ ।
पत्रकार सम्मेलनमा उपस्थित उनका कान्छा छोरा सिचनले आफुलाई कुनै जानकारी नै नदिई दाजु शिवले आमा बुवालाई समेत झुक्याएर विभिन्न कागजात र चेकमा हस्ताक्षर गराई सहकारीबाट ऋण निकालेको दाबी गर्दै न्यायका लागी अदालतसम्म पुगेको बताए ।
आफ्नो समेत अंश लाग्ने जग्गा सहकारीमा धितो राख्दा बखत आफु अध्ययनको सिलसिलामा विराटनगरमा रहेको भन्दै उनले सो बारे दाजु शिवले फोन सम्म नगरेको बताए । उनले मेरो कुनै सहमती र हस्ताक्षर सम्म नलिएर सहकारीले कसरी यत्रो ठूलो रकम ऋण दियो भन्दै प्रश्न समेत गरे ।
उनले उक्त सहकारीबाट आमा शम्भु देवीको नाममा १ करोड रुपैया ऋण निकासा भएको र सोही दिन ९० लाख रुपैया दाजु शिवको खातामा ट्रान्सफर भएको देखिएको जानकारी समेत गराए ।
यता उक्त सहकारी संस्था लि.का अध्यक्ष गणेश कुमार आसले समस्या पर्दा ऋण लिन आएका ब्यक्ती अहिले बोली फेर्दै संस्थालाई बदनामा गर्न खोजेको प्रतिक्रिया दिएका छन् । उनले ऋणीहरुलाई कतै नझुक्याएको र लिखत कागजातमा हस्ताक्षर गराईएको दाबी गर्दै तोकिएको समयमा सावाँ र ब्याज नबुझाउँदा संस्थाको निर्णयअनुसार लिलामी प्रक्रियाको प्रारम्भिक कार्य अघि बढाइएको बताए ।
उनले सहकारीको ऋण समय मै नतिरे ऋणीका कान्छो छोरा सचिनको अंश छुट्याई बाँकि बचेको जग्गा लिलामीबाट संस्थाले आप्mनो लागी वसुल गर्ने ब्यवस्था रहेको स्पष्ट पारेका छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ