News Category 2082/01/29
कान्छो छोरालाई थाहै नदिई जेठो छोराले आफूलाई समेत झुक्याई ऋण लिएको आमाको आरोप
दैनिक समाचारदाता
राजविराज, २९ बैशाख ।
सप्तरीको विष्णुपुर गाउँपालिका वडा नं. ६ क्याम्पस रोड निवासी ६० वर्षिया शम्भु देवी यादवले कान्छो छोरालाई थाहै नदिई आफुलाई समेत झुक्याएर जेठो छोराले एक सहकारी संस्थाबाट एक करोड रुपैया ऋण निकालेको आरोप लगाएकी छिन ।
राजविराजस्थित नेपाल पत्रकार महासंघ सप्तरीको कार्यालयमा सोमबार पत्रकार सम्मेलनको आयोजना गरी उनले यस्तो आरोप लगाएकी हुन् । जेठो छोरा शिव कुमार यादवले आईडियल सहकारी संस्था लि.संग मिलोमतो गरी एक करोड रुपैया ऋण निकालेको उनको आरोप छ ।
कान्छो छोरा सचिनसंगै पत्रकार सम्मेलनमा उपस्थित भएकी उनले विष्णुपुर गाउँपालिका ६ क्याम्पस रोड जाने सडक किनारामा एक कठ्ठा जग्गामा बनेको दुई तल्ले घर उक्त सहकारी संस्थामा धितो राखी २०६९ सालमा १ करोड रुपैया जेठो छोरा शिवले निकालेको बताईन ।
कान्छो छोरालाई कुनै जानकारी नदिई मलाई समेत झुक्याएर सादा कागज र चेकमा हस्ताक्षर गराएको जेठो छोरा शिवले उक्त सहकारी संस्थाबाट सो रकम निकालेको कुरा सहकारी संस्थाबाट लिलामी प्रकृयाको चिठ्ठी आएपछि मात्र थाहा पाएको उनले बताइन् ।
उक्र सहकारी संस्थाले एकमात्र घर र जग्गा लिलामी प्रकृया अगाडी बढाएपछी शोकमा परेको श्रीमान कुसुम लालको शोक मै केही दिन अघि निधन भएको उनको भनाई छ ।
पत्रकार सम्मेलनमा उपस्थित उनका कान्छा छोरा सिचनले आफुलाई कुनै जानकारी नै नदिई दाजु शिवले आमा बुवालाई समेत झुक्याएर विभिन्न कागजात र चेकमा हस्ताक्षर गराई सहकारीबाट ऋण निकालेको दाबी गर्दै न्यायका लागी अदालतसम्म पुगेको बताए ।
आफ्नो समेत अंश लाग्ने जग्गा सहकारीमा धितो राख्दा बखत आफु अध्ययनको सिलसिलामा विराटनगरमा रहेको भन्दै उनले सो बारे दाजु शिवले फोन सम्म नगरेको बताए । उनले मेरो कुनै सहमती र हस्ताक्षर सम्म नलिएर सहकारीले कसरी यत्रो ठूलो रकम ऋण दियो भन्दै प्रश्न समेत गरे ।
उनले उक्त सहकारीबाट आमा शम्भु देवीको नाममा १ करोड रुपैया ऋण निकासा भएको र सोही दिन ९० लाख रुपैया दाजु शिवको खातामा ट्रान्सफर भएको देखिएको जानकारी समेत गराए ।
यता उक्त सहकारी संस्था लि.का अध्यक्ष गणेश कुमार आसले समस्या पर्दा ऋण लिन आएका ब्यक्ती अहिले बोली फेर्दै संस्थालाई बदनामा गर्न खोजेको प्रतिक्रिया दिएका छन् । उनले ऋणीहरुलाई कतै नझुक्याएको र लिखत कागजातमा हस्ताक्षर गराईएको दाबी गर्दै तोकिएको समयमा सावाँ र ब्याज नबुझाउँदा संस्थाको निर्णयअनुसार लिलामी प्रक्रियाको प्रारम्भिक कार्य अघि बढाइएको बताए ।
उनले सहकारीको ऋण समय मै नतिरे ऋणीका कान्छो छोरा सचिनको अंश छुट्याई बाँकि बचेको जग्गा लिलामीबाट संस्थाले आप्mनो लागी वसुल गर्ने ब्यवस्था रहेको स्पष्ट पारेका छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ