News Category 2082/02/01
राजनीतिक स्थिरताका लागि वर्तमान सरकार ः गृहमन्त्री लेखक

दैनिक समाचारदाता
राजविराज, १ जेठ ।
गृहमन्त्री रमेश लेखकले काँग्रेस एमाले मिलेर देशमा राजनीतिक स्थिरता कायम गर्न सरकार बनाएको बताएका छन् ।
देशमा स्थिर सरकार बनेकै कारण अहिलेको प्रधानमन्त्रीलाई प्रत्येक ३÷३ महिनामा विश्वासको मत लिनु नपरेको र अविश्वासको प्रस्ताव पनि नआएको बताए ।
नेपाल पत्रकार महासंघ सप्तरीले राजविराजमा बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै लेखकले एमालेसंग सरकार बनाएको १० महिनामा देश आर्थिक समृद्धि तर्फ अगाडी बढेको जानकारी दिए ।
“यो मैले भनेको होईन, राष्ट्र बैंकले जारी गरेको प्रतिवेदनको आधारमा भनेको हुँ” उनले भने, “एमालेसँग सरकार बनेको १० महिनाको समयमा अवस्थामा अहिले परिवर्तन भएको छ ।”
१० महिनाको अवधीमा सरकारले बैदेशिक मुद्राको संचितीमा बृद्धि, राजश्व संकलनमा सुधार, आयात घटाएर निर्यातमा बृद्धि सँगै बजार मुल्य नियन्त्रणमा समेत उल्लेखनीय काम गरेको उनको भनाई छ ।
सरकार बनेको १० महिनामा आर्थिक स्थितिमा सुधार ल्याउँदै धरै कानुनहरु बनेको यसले संविधानको कार्यान्वयन हुनुका साथै संघीयतालाई बलियो बनाउने गृहमन्त्री लेखकले विश्वास व्यक्त गरे ।
केही मानिस र समुहले देशमा निराशाको खेती गर्दै दिनहुँ सरकार ढल्ने प्रचारवाजी गरिरहेकोले त्यसमा कुनै सत्यता नरहेको उल्लेख गर्दै उनले काँग्रेस एमालेबीच कुनै विवाद नरहेकोले हल्लाको पछि नलाग्न आग्रह गरे ।
वर्तमान सरकार जनतामा छाएको निराशालाई चिरेर आशाको किरण दिन गठन भएको भन्दै उनले देशका हरेक समस्या क्रमिक रुपमा समाधान गर्न आफुहरु क्रियाशिल रहेको जनाए । नेपाली काँग्रेस र एमाले बीच भएको ७ बुंदे सहमती अनुसार नै सरकार अघि बढेको भन्दै उनले सरकार संचालनमा कुनै पनि बाधा, अडचन र आपसी मतभेद नरहेका स्पष्ट पारे ।
नेपाल राष्ट्र बैंकको गर्भनर नियुक्तीमा भईरहेको ढिलाई बारे संचारकर्मीहरुले राखेको जिज्ञासाको जवाफमा उनले चाडै गर्भनर नियुक्ती हुने जनाए । “अबको केही दिनभित्रै गर्भनर नियुक्तको प्रक्रिया टुङ्गयाईने छ” उनले भने ।
पत्रकार सम्मेलनमा प्रतिनिधिसभा सदस्य दिनेश कुमार यादव, नेपाली काँग्रेस सप्तरीका सभापती रामदेव साह, पत्रकार महासंघ सप्तरीका सभापती श्रवण कुमार देव लगायतको पनि उपस्थिती रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ