News Category 2082/02/02
अनुमति नलिई संचालनमा रहेका थप पाँच विद्यालय फेला
दैनिक समाचारदाता
राजविराज, २ जेठ ।
सप्तरीमा अनुमति लिएको भन्दा माथिल्लो तहको कक्षा संचालन गर्ने थप पाँच विद्यालय फेला परेको छ । योसँगै जिल्लामा अनुमति नलिई विद्यालय संचालनको संख्या १३ पुगेको छ । गत आइतबारदेखी सुरु भएको अनुगमनका क्रममा शुक्रबार थप पाँच विद्यालय अनुमति नलिई संचालनमा रहेको फेला परेको हो ।
शुक्रवार अनुगमन टोलीद्वारा राजविराजका विभिन्न विद्यालयमा अनुगमन गर्दा अनुमति नै नलिई संचालनमा रहेका पाँचवटा विद्यालय फेला परेको जिल्ला शिक्षा विकास तथा समन्वय इकाई सप्तरीका शाखा अधिकृत कमलनाथ यादवले जानकारी दिए ।
उच्च अदातलत जनकपुर राजविराज इजलासले अनुमति विनाको थप कक्षा संचालन नगर्न नगराउन गत बैशाख १९ मा आदेश दिएपछि जिल्ला शिक्षा समन्वय इकाईले बैशाख २८ बाट विद्यालयहरुको स्थलगत निरिक्षण तथा अनुगमन गर्दै आएको छ ।
निरिक्षणका क्रममा राजविराजस्थित मिथिला पब्लिक एकेडमीले ९ कक्षाको अनुमति लिएर १० कक्षा सम्म विद्यार्थी भर्ना गरि पठन पाठन गराई रहेको, श्री इन्टरनेशनल बोडिङ्ग स्कूलले ५ कक्षा सम्मको अनुमति लिएर ८ कक्षा सम्म सञ्चालन गरिरहेको पाइएको टोलीमा सहभागि सत्यनारायण दासले जानकारी दिए ।
यसैगरि सुनगाभा एकेडमीले १ कक्षाको अनुमति लिएर २ कक्षा संचालन गरेको, ग्लोबल ईंगलिस बोडिङ्ग स्कूलले ८ कक्षाको अनुमति लिएर ९ कक्षा सम्म संचालन गरेको र जे. एस.आईदर बोडिङ्ग स्कूलले ५ कक्षाको अनुमति लिएर १० कक्षा सम्म संचालन गरेको पाईएको जिल्ला शिक्षा समन्वय इकाई सप्तरीका शाखा अधिकृत यादवले जानकारी दिए ।
अघिल्लो दिन बिहीबार अनुगमनका क्रममा विष्णुपुर गाउँपालिकामा नेपाल लाईन्स पब्लिक स्कूलले प्रारम्भिक बालबिकासको अनुमति लिएर कक्षा ५ सम्म संचालन गरिरहेको पाईएको थियो ।
यसअघि सप्तरीको हनुमाननगर कंकालनी नगरपालिकामा ६ वटा तथा कञ्चनरुप नगरपालिकामा २ गरि ८ वटा निजी विद्यालयहरुले अनुमति नलिएर कक्षा संचालन गरेको पाइएको थियो ।
अनुमित नलिएर कक्षा सञ्चालन गर्दै आएको त्यस्ता विद्यालयहरुलाई अनुमति लिएर मात्रै कक्षा सञ्चालन गर्न निर्देशन दिएको समन्वय इकाई सप्तरीका शाखा अधिकृत यादवले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ