News Category 2082/02/04
दुई किशोर वेपत्ता
दैनिक समाचारदाता
राजविराज, ४ जेठ ।
बेहुलीसंगै राजविराज आएका एक नातेदार र सप्तरीबाट अध्ययनका लागी जनकपुर निस्केका दुई जना किशोर वेपत्ता भएका छन ।
वेपत्ता हुनेमा एक जना सप्तरीका १७ वर्षि मोहम्मद पैmसल र अर्का छिमेकी जिल्ला सुनसरीका १७ वर्षकै राजा मेहता छन ।
सप्तरीको बोदेबर्साइन नगरपालिका ३ सारस्वर टोल निवासी मो.फैसल बैशाख १७ देखी वेपत्ता छन । सुनसरीको देवानगंज गाउँपालिका ६ का राजा मेहता भने जेठ १७ गते देखी वेपत्ता छन ।
मो.पैmसल बैशाख १७ गते देखी परिवारजनसँग सम्र्पक विहीन छन भने राजा मेहता जेठ १ गते देखी सम्पर्क विहिन भएको उनका परिवारजनको भनाई छ ।
उनीहरु अहिले प्रहरीका साथै नेपाल तथा भारतमा रहेका आफन्त र चिनजानका सबैमा जानकारी गराउदै भौतारिएका छन । दुबैका परिवारजनले सप्तरीको इलाका प्रहरी कार्यालय कडोरबोना, इलाका प्रहरी कार्यालय बोदेबर्साइन र जिल्ला प्रहरी कार्यालय सप्तरीमा हुलिया विवरण सहितको निवेदन दिई खोजतलासका लागी आग्रह गरेका छन ।
मो.फैसल विदा सकिएपछी बैशाख १७ गते विसनपुर चौकमा वस चढी उनी अध्यनरत जनकपुृरस्थित इस्लाममियाँ सनफियाँ मदरसाका लागी प्रस्थान गरेका थिए । उनलाई छाड्न संगै आएकी आमा संजिला खातुनले ३ हजार ५ सय रुपैया आवश्यक खर्चका लागी छोराको हातमा दिदै विदाइ गरेर घर फर्केकी थिइन । तर छोरा मदरसामा नपुगेको र बीच बाटो बाटै हराएको थाहा पाएपछी उनी प्रहरी शरणमा पुगेकी थिइन ।
समाजसेवी एवं भुमि समस्या समाधान आयोग सप्तरीका सदस्य समेत रहेका मो.अनवर अलीले विद्यालय हिडेको किशोर बाटो बाटै वेपत्ता हुनु चिन्ताको विषय भएको भन्दै खोजतलासमा सबैले सहयोग गर्नू पर्ने बताएका छन ।
यता विहेवारी सकिएपछि फर्किन लागेका जन्ती र बेहुली बोकेको गाडीमा चढेर राजविराज आएका सुनसरीको देवानगंज गाउँपालिका ६ निवासी रमेश मेहताका १७ वर्षिय छोरा राजा मेहता पनि विगत २ दिन देखी वेपत्ता छन ।
राजविराज ९ मलेठबाट गएको जन्ती विहे सम्पन्न भएपछि जेठ १ गते राजविराज फर्किएको थियो । राजा मेहताका काका उमेशका अनुसार जेठ २ गते विहान ९÷१० बजे सम्म भतिज मलेठ मै थिए । तर त्यसको केही समय पछि नै उनी सम्पर्क विहीन भए । उनले दिनभर खोजतलास गर्दा पनि फेला नपरेपछी खोजतलासका लागी जिल्ला प्रहरी कार्यालय सप्तरीमा हुलिया विवरण सहितको निवेदन दिएको बताए ।
वेपत्ता दुबै किशोरका आफन्तबाट खोजीका लागी निवेदन आएको र उनीहरुको हुलिया विवरण सबै प्रहरी कार्यालयमा पठाई खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ