News Category 2082/02/06
फोनबाटै “तलाक” पाएकी सनिजालाई छोरासहित निर्घात कुटपीट
दैनिक समाचारदाता
राजविराज, ६ जेठ ।
श्रीमानले फोनबाटै ९ महिना अघि “तलाक” दिएका एक महिला विवाहदर्ता र नागरिकताका लागी संघर्षरत रहेको अवस्थामा पछिल्लो पटक आफ्नै सासु र नन्दबाट कुटिएर थप पीडामा परेकी छिन् ।
सासु र नन्दबाट उनी मात्र नभई उनका दुई वर्षिय काखे छोरा समेत कुटिएका छन । सप्तरीको डाक्नेश्वरी नगरपालिका ७ ब्रह्मपुर सिघिँया टोलकी २२ वर्षिया सनिजा खातुन र उनका २ वर्षिय छोरा फैजान यसरी कुटपीटबाट घाइते भएका हुन् ।
उनीहरुको विगत तीन दिनदेखी स्थानीय गजेन्द्र नारायण सिह अस्पतालमा उपचार भईरहेको छ । अस्पतालको आकस्मिक कक्षको १४ नंं बेडमा भर्ना भई उपचाररत सनिजाले आपृm र छोरालाई सासृु आयशा खातुन र नन्द मरियम खातुनले कुटपिट गरेको बताएकी छिन ।
उनका श्रीमान मो.आकुब विगत दुई वर्षदेखी रोजगारीका सिलसीलामा हाल कतारमा छन । सासु र नन्दले श्रीमान आकुबलाई झुटो कुरा पु¥याएर तलाकको अवस्थामा समेत पु¥याई दिएको उनले पीडा पोखेकी छिन । विवाह दर्ता र नागरिकता बनाई दिन पटक÷पटक आग्रह गर्दा आफुमाथी यसरी शारिरीक र मानसिक यातना दिन थालिएको उनले बताइन् ।
उनले सासु र नन्द मिलेर आपुृmलाई घर निकाला गर्न अनेकौ प्रकारका दुःखः दिन थालेको सुनाईन । पछिल्लो पटक कुटपीट मात्र गरेनन, आफुले प्रयोग गर्ने घरको एक मात्र शौचालयमा समेत बालृुवा गिट्टी भरेर शौचालका लागी खुल्ला चउर मा जान बाध्य बनाए, उनले भनिन ।
उक्त घरमा सनिजा एक्लै वस्दै आएकी छिन । सासु भने गाउँ मै अर्काे टोलमा रहेको छोरी मरियमको घरमा वस्दै आएको उनले सुनाईन ।
भारतको विहार राज्य कुनौली ग्रामपञ्चायत डगमारा माइती भएकी सनिजाको २०७८ साल चैत्र ८ गते मो. आकुब संग मुस्लिम धर्म परम्परा अनुसार मौलानाको उपस्थितीमा विवाह (निकाहनामा) सम्पन्न भएको थियो । छोरीको विवाहमा आफुहरुले खेती योग्य जग्गा बेचेर नगद ५ लाख सहित १५ लाख रुपैया खर्च गरेको सानी आमा नाजोले सुनाईन
मंगलवार अस्पताल परिसरमा संचारर्कीहरु संग कुरा गर्दै आमा नजिराले भनिन “सासु आयशा र नन्द मरियम कै कारण छोरीलाई सम्बन्ध विच्छेद र कुटपीट गरी जीवन मरणको दोसाँधमा पु¥याइएको छ, अब कति सहनु ?”
उपचारका लागी काखे छोरा सहित अस्पताल भर्ना रहेकी सनिजाले विवाहको ३ वर्ष भन्दा बढी भइसक्दा पनि श्रीमानले विवाह दर्ता र नागरिकता न बनाई दिएको र सो बनाइ दिन फोनबाट पहलका लागी आग्रह गर्दा “किन हतार गरेको” भन्दै रिसाउने गरेको सुनाईन ।
सनिजाले विवाह भएपछी विवाह दर्ता र सन्तान जन्मिए पछि जन्म दर्ता गराई दिन माग गर्नु स्वभाविक भएपनि श्रीमान, सासु र नन्दले यसलाई अपराध गरे झै लिएको पीडा पोखीन ।
उनले गत मंसिर १९ गते साँझ आफु गाउँको एक आफन्तको बैवाहिक कार्यक्रममा सरिक हुन गएका बेला नन्द मरियमले कोठामा रहेको दराजबाट सुनको सिक्री, टिका, नथुनी, औठी गरी करिब ५ तोला र चाँदीको १० तोलाको विभिन्न गरगहना चोरी गरी लगेको र सो बारे इलाका प्रहरी कार्यालय पातो र्हुँदै जिल्ला प्रहरी कार्यालय सम्म पुगेर उजुरी दिएको बताईन ।
उजुरी मार्फत घरमा चोरी गर्ने तथा आपृmुलाई तलाक सम्मको अवस्थामा पु¥याउनेहरुमाथी ठगी तथा आपराधीक विश्वासघात मुद्दा अन्तर्गत कारवाही हुनु पर्ने माग समेत गरेकी छिन । तर अहिले सम्म न्याय पाउन नसकेको उनको गुनासो छ । सनिजा संग अन्याय भएको भनेर ब्रह्मपुर टोलका मुस्लिम अगुवाहरुले साथ दिईरहेपनि हिंसा गर्नेहरुमाथी अहिले सम्म कुनै कारवाही नभएको आमा नजिराले पीडा पोखेकी छिन ।
छोरी सनिजामाथी लगातार एक पछि अर्काे हिंसा र तलाकको कुरा आएपछी आफुले सप्तरी जिल्ला अदालतमा अंश र मानाचामल मुद्दा हालेको बताउँदै उनले ज्वाईले छोरीलाइ फोनमार्फत दिएको तलाकनामा फिर्ता तथा उनी संगै सुरक्षित साथ वस्ने वातावरण मिलाई दिन पनि सम्बद्ध सरोकारवाला निकाय संग आग्रह गरेकी छिन । उनले छोरीलाई दुःख दिने विरुद्ध प्रहरीमा उजुरी हालेपछि पीडकलाई पक्राउ गर्ने आश्वासन पाइए पनि हाल सम्म उनीहरुलाई पक्राउ नगरिएको गुनासो समेत गरेकी छिन ।
यता सनिजाकी सासु आयशाले घरायसी विवादमा झै झगडा हुदाँ आफुलाई समेत चोट पटक लागेको दाबी गरेकी छिन । उनले सनिजाले प्रयोग गर्ने शौचालयमा आफुहरुले बालुवा गिट्टी हालेर अबरुद्ध पार्ने कुनै प्रयास नगरेको दाबी समेत गरेकी छिन ।
उक्त प्रकरण बारे जिज्ञासा राख्दा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक जीतेन्द्र कुमार वस्नेतले दुबै पक्षलाई झिकाई समस्या समाधानको प्रयास थालिएको बताएका छन । उनले कुटपीट घट्नाको पनि अनुसन्धान भईरहेको र दोषी पाइएकालाई कानुन बमोजिम कारवाही गरिने दृढता समेत ब्यक्त गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ