News Category 2082/02/07
अनुगमन टोली आएपछी सुनचाँदी पसल एकाएक बन्द गरि पसलेहरु भागाभाग
दैनिक समाचारदाता
राजविराज, ७ जेठ ।
राजविराजस्थित सुनचाँदी पसलको बुधबार सरोकारवाला निकायले अनुगमन गर्न आउँदा यहाँका सम्पूर्ण पसलहरुको सटर एकाएक बन्द गरि पसलेहरु भागाभाग भएका थिए ।
जिल्ला प्रशासन कार्यालय, वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विरगंज र घरेलु तथा साना उद्योग कार्यलय राजविराजको प्रतिनिधिहरूको संयुक्त टोलीले अनुगमन गर्दा ती पसलेहरु सटर बन्द गरि भागाभाग भएका थिए ।
अनुगमन टोलीको सुइको पाएपछी बिहानै खुल्ने पसलहरु एकाएका बन्द भएको थियो । खुलेका केही पसलमा टोलीले अनुगमन गरेको थियो ।
टोलीले सुनचाँदीको गुणस्तर भन्दा पनि कागजातहरु दुरुस्त बिषयमा अनुगमन गरेको एक पसल संचालकले जानकारी दिए ।
यता टोलीका नेतृत्व गरेका जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकीय अधिकृत जितेन्द्र कुमार पासवानले बुधबार पसल बन्द भएपनी अनुगमनलाई निरन्तरता दिँदै अर्को दिन पुनः अनुगमन गर्ने जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ