News Category 2082/02/07
फोनबाटै “तलाक” पाएकी सनिजालाई कुटपिट गरेको आरोपमा नन्द मरियम पक्राउ
दैनिक समाचारदाता
राजविराज, ७ जेठ ।
श्रीमानबाट फोनबाटै “तलाक” पाएकी सनिजालाई कुटपिट तथा अन्य गतिविधी मार्फत दुःख दिएको आरोपमा उनका नन्दलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका ७ निवासी सनिजा खातुनलाई कुटपिट तथा अनय गतिविधि मार्फत दुःख दिएको आरोपमा उनका नन्द मरियम खातुनलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका मरियमलाई बुधबार नै सप्तरी जिल्ला अदालतबाट ठगि तथा आपराधिक विश्वासघात मुद्दामा तीन दिनको म्याद थपेर आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायक उपरिक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
सासु आयसा र नन्द मरियमको कुटाइबाट घाइते भएकी सनिजाको विगत चार दिनदेखी स्थानीय गजेन्द्र नारायण सिंह अस्पतालमा उपचार भइरहेको छ ।
अस्पतालको आकस्मिक कक्षको १४ नंं बेडमा भर्ना भई उपचारत सनिजाले आपृm र छोरालाई यो अवस्थामा सासृु आयशा खातुन र नन्द मरियम खातुनले पु¥याई दिएको बताएकी छिन् ।
उनका श्रीमान मो.आकुब विगत २ वर्ष देखी रोजगारीका सिलसीलामा कतारमा छन । सासु र नन्दले श्रीमान आकुबलाई झुठो कुरा पु¥याएर तलाकको अवस्थामा समेत पु¥याई दिएको उनले पीडा पोख्दै आएकी छिन् ।
उपचारका लागी काखे छोरा सहित अस्पताल भर्ना रहेकी सनिजाले विवाहको ३ वर्ष भन्दा बढी भइसक्दा पनि श्रीमानले विवाह दर्ता र नागरिकता नबनाई दिएको र सो बनाइ दिन फोनबाट पहलका लागी आग्रह गर्दा रिसाउने गरेको बताएकी छिन् ।
उनले गत मंसिर १९ गते साँझ आफु गाउँको एक आफन्तको बैवाहिक कार्यक्रममा सरिक हुन गएका बेला नन्द मरियमले कोठामा रहेको दराजबाट सुनको सिक्री, टिका, नथुनी, औठी गरी करिब ५ तोला र चाँदीको १० तोलाको विभिन्न गरगहना चोरी गरी लगेको र सो बारे इलाका प्रहरी कार्यालय पातो र्हुँदै जिल्ला प्रहरी कार्यालय सम्म पुगेर उनी बिरुद्ध ठगि तथा आपराधिक विश्वासघात मुद्दामा उजुरी दिएको बताईन ।
यता मरियमलाई पक्राउ गरिएपछी सनिजा र उनका आफन्तले आफूहरुले प्रारम्भिक न्याय पाएको प्रतिक्रिया दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ