News Category 2082/02/12
मन्त्री लेखीद्वारा चार पूर्वाधार विकास योजनाहरूको शिलान्यास र दुई योजना निरीक्षण
दैनिक समाचारदाता
राजविराज, १२ जेठ ।
मधेश सरकारका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले सप्तरीस्थित सप्तकोशी र कञ्चनरुप नगरपालिकामा चार पूर्वाधार विकास योजनाहरूको सोमबार शिलान्यास तथा दुई योजना निरीक्षण गरेका छन् ।
मधेश प्रदेशका प्रवक्ता समेत रहेका मन्त्री लेखीले सप्तकोशी नगरपालिका ८ स्थित शिव मन्दिर तथा गुठी प्राङ्गणमा मधेश सरकारको ५० लाखको लागतमा निर्माण हुन लागेको अतिथि भवन र सोही लागतमा निर्माण गरिने बाउण्ड्री पर्खाल योजनाको शिलान्यास गरेका हुन् ।
त्यस्तै सप्तकोशी नगरपालिका ११, मलेठ पश्चिम टोलमा मधेस सरकारको २५ लाखको बजेटमा निर्माण गरिने धर्मशाला भवनको शिलान्यास, कञ्चनरुप नगरपालिका ५, पडेमरामा निर्माण हुन लागेको सामुदायिक धर्मशालाको शिलान्यास गरे ।
यस्तै गृहमन्त्री लेखीले कञ्चनरुप नगरपालिका ७ स्थित भृकुटी माध्यमिक विद्यालयमा निर्माणाधीन नयाँ भवन तथा कक्षा कोठा तथा नजिकै रहेको बान्द्रा खोलाको समेत स्थलगत अवलोकन र निरीक्षण गरे ।
शिलान्यास तथा निरीक्षण कार्यक्रममा नेकपा (एमाले) का केन्द्रीय सदस्य दिवाकर देवकोटा, सप्तकोशी नगरपालिका ८ का वडा अध्यक्ष केदार प्रसाद साह, वडा नं. २ का अध्यक्ष जाहुर हुसेन, वडा नं. ११ का अध्यक्ष डोलेश्वर खड्गा, कञ्चनरुप नगरपालिका ७ का वडा अध्यक्ष समानन्द चौधरी, एमाले नेता तनुकलाल शर्मा लगायतको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ