News Category 2082/02/13
नक्कली मान्छे र कागजात खडा गरि अर्कैको नाममा जग्गा नामसारी गराइएको भन्दै छानबिनको माग
दैनिक समाचारदाता
राजविराज, १३ जेठ ।
मोही दर्ता रहेको जग्गा किर्ते गरि अर्कैको नाममा नामसारी गरिएको भन्दै एक पीडितले सो सम्बन्धमा छानविनको माग गरेका छन् ।
मंगलबार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरि सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ भारदहका बालकृष्ण खड्गाले यस्तो माग गरेका हुन् ।
उनले आफ्नो तीन पुस्तादेखी २००४ सालमै मोही दर्ता गरि भोगचलन गर्दै आएको आफ्नो १२ कठ १८ धुर जग्गा नक्कली मान्छे र किर्ते कागजातको भरमा झा परिवारको नाममा नामसारी गरिएको बताए ।
गाउँघरमा कतै कुनै सुनुवाई नभएपछी न्यायका लागि सदरमुकाम राजविराज आइपुगेका उनले तत्कालिन भारदह गाविसका प्राविधिक एवंम सचिव महेन्द्र मुखिया र स्थानीय लालमोहन झा, अरबिन्द झा, बिनिता झा लगायतको मिलोमतोमा किर्ते मान्छे र कागजात खडा गरि आफ्नो जग्गा अर्कैको नाममा नामसारी गरिएको दाबी गरे ।
उनले यस कार्यमा तत्कालिन भारद गाविसका सचिव मुखियाले मुख्य भूमिका निर्वाह गरेको दाबी समेत गरे । उनले तत्कालिन गाविसको कर्मचारी नै नरहेका मटर साह हलुवाईलाई गाविसको कार्यालय सहयोगिको रुपमा प्रस्तुत गरि किर्ते कागजातहरु तयार गरेर भुमिसुधार कार्यालयमा पेश गरिएको बताए ।
मालपोत कार्यालयले पनि सोही कागजातको आधारमा एक पक्षिय रुपमा आफ्नो नाउँको मोही दर्ता खारेज गरि अन्याय गरेको उनको भनाई छ ।
अचम्म त के छ भने तत्कालिन सचिव मुखियाले आफ्नो कर्मचारी रहेको भनी मालपोत कार्यालयमा साक्षिका रुपमा प्रस्तुत गरेका व्यक्ति मटरसाह हलुवाई आफु कहिले पनि सो कार्यालयमा कुनै पदमा कार्यरत नरहेको बताए ।
पत्रकार सम्मेलनमा खड्गा सँगै उपस्थित रहेका उनले उक्त प्रकरणको सत्यतथ्य छानबिन गरि दोषिमाथी कारवाही हुनु पर्ने माग समेत गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ